२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दलहरु चुनावी सभामै व्यास्त, तातियो गाउँवस्ती

१९ कार्तिक २०७४, आईतवार १५:४१

चिसाङ शेर्पा | कात्तिक १९, खोटाङ | खोटाङका अधिकांश दल प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सम्वन्धी गतिविधिमा व्यस्त छन् ।

आगामी मंसिर १० गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कांग्रेस, एमाले–माओबादी केन्द्र गठबन्धन, संघीय समाजबादी फोरम, नयाँ शक्ती, नेकपा माले, राप्रपा प्रजातान्त्रिक, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी), राष्ट्रिय जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ती र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता तथा उम्मेद्वार चुनाव प्रचार–प्रसारमा होमिएका हुन् । 

बाम गठबन्धनले आईतबार डुम्रेधारापानी र बतासेमा चुनावीसभा गरेको छ । डुम्रेधारापानीमा भएको चुनावीसभालाई प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिशाल भट्टराई, प्रदेशसभा (क) बाट उम्मेद्वार बनेका राजन राई, एमालेका समानुपातिक उम्मेद्वार खगेन्द्र राई, पुर्वसभाषद पिके राई, पुर्वसभाषद दुर्गाजयन्ती राई, एमाले नेता कर्ण घले, हरिकुमार पोखरेल, देवबिक्रम राई लगायतले सम्बोधन गरेका छन् । यस्तै, वाम गठबन्धनका प्रदेशसभा (ख) बाट उम्मेद्वार बनेका माओबादीका रामकुमार राईको संयुक्त चुनावी बतासे पुगेको छ । बतासेमा पुर्वसभाषद उषाकला राई, एमाले उपाध्यक्ष रामप्रसाद दंगाल, माओबादी केन्द्रका कोषाध्यक्ष दिपक पाण्डे, नेता इन्द्र दंगाल, पुष्पशंकर बिश्वकर्मा, युवा संघका प्रभातबिक्रम कट्वाल लगायतले सम्बोधन गरेका छन् । 


वाम गठबन्धनले रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । सप्तमनी राई संयोजक र मनिन्द्र राई सचिव रहेको निर्वाचन परिचालन कमिटि गठन गरिएको हो । कार्यक्रमलाई एमाले उपसचिव कुमार आचार्य, माओबादी केन्द्रका सचिवालय सदस्य होमकाजी आचार्य, सुमन श्रेष्ठ लगायतले सम्बोधन गरेका छन् । बाम गठबन्धनले सोमबार छोरम्बु र हलेसीमा चुनावी कार्यक्रम गर्ने जनाएको छ । 

कांग्रेसले पनि चुनावी अभियानलाई बाक्लो बनाएको छ । प्रतिनिधिसभाका उम्मेद्वार सरस्वती वजिमय, प्रदेशसभा (क) का उम्मेद्वार सुवासकुमार पोखरेल र प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राई चुनावी घरदैलो अभियानमा व्यास्त बनेका छन् । आईतबार कुभिन्डे र हौंचुरमा आयोजित चुनावीसभालाई  प्रदेशसभा (क) का उम्मेद्वार पोखरेल, कांग्रेस सभापति नरेशकुमार श्रेष्ठ, दिनेश राई लगायतले सम्बोधन गरेका छन् । यस्तै, बोपुङमा भएको चुनावी कार्यक्रमलाई प्रदेशसभाकी उम्मेद्वार बजिमय, प्रदेशसभा (ख) का उम्मेद्वार राई, पुर्व बनराज्य मन्त्री शिवकुमार बस्नेत, तिर्थ भट्टराई, महेन्द्र कट्वाल लगायतले सम्बोधन गरे । यस्तै, महाधिबेसन प्रतिनिधि भूपेन्द्र राईको नेतृत्वमा पनि छुट्टै चुनावी कार्यक्रम सञ्चालन भइरहेको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो