पर्वत ।  आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली काँग्रेस पर्वतबाट निवर्तमान साँसद,नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी र नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी उम्मेद"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली काँग्रेस पर्वतबाट निवर्तमान साँसद,नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी र नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी उम्मेद"/>
२०८३, २३ जेष्ठ शनिबार
पर्बत - PBT

पर्वतमा लोकतान्त्रिकभन्दा बामगठबन्धन बलियो, गाउँगाउँमा बामगठबन्धन, पार्टी कार्यालयमा छलफलमै काँग्रेस

२०७४, २० कार्तिक सोमबार ०३:५८

पर्वत ।  आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली काँग्रेस पर्वतबाट निवर्तमान साँसद,नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी र नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी उम्मेद्वार बनेका छन । प्रतिनिधि सभाको लागि यी दुई नेताबीचको लडाईँलाई जिल्लाबासीले पनि निकै चासोका साथमा हेरेका छन् ।

संसदीय राजनीतिमा ईन्ट्री मार्ने दाउमा रहेका बाम गठबन्धनका उम्मेद्वार बनेका गिरी र संसदीय राजनीतिमा ह्याट्रीक गरिसकेका काँग्रेसका जोशीबीचको चुनावी प्रतिस्पर्धाले अहिले जिल्ला तताएको छ । लगातार ह्याट्रीक गर्ने सिमित नेताभित्र पर्ने जोशीलाई उनी जिल्लावासीका जिम्मेवार र विकासका संभाहकको,अनूभवी नेताको रुपमा लिएका छन् । उनलाई चुनावी रणनीतिका बलिया खेलाडीको रुपमा लिने गरिएको छ जस्का कारण उनी तीन तीन पटक जित्न सफल भएका छन् । वामपन्थिको वहुमत भएको क्षेत्रमा समेत चलाखीपूर्ण तरिकाले विजय हासील गर्दै आएका छन् । भने एमालेका गिरी पृथ्वीनारायण क्याम्पस, पोखराको स्ववियू सभापति हुँदै विद्यार्थी राजनीतिबाट अगाडि आएका हुन । चलाखीपूर्ण र मिजासिलो राजनीतिका कारण गिरीलाई पार्टीले समेत अन्य नेतालाई पन्छाउँदै प्रतिनिधि सभाको लागि उम्मेद्वार बनाएको हो । गिरीलाई पनि जिल्लाबासीले आसलाग्दो नेताका रुपमा हेर्ने गरेका छन् ।

यसैगरी, प्रदेश सभाको लागि पर्वत क्षेत्र नं. १ (क) बाट नेपाली काँग्रसको तर्फ बाट पूर्व जिल्ला सभापति नवराज गुरुङ र बाम गठबन्धनबाट माओवादी केन्द्रका नेत्र अधिकारी ‘हिमाल’ चुनावी मैदानमा छन् । गुरुङ संबिधान सभा निर्वाचन २०७० मा क्षेत्र नं. २ बाट एमालेका विकास लम्सालसंग पराजित उम्मेद्वार हुन भने, माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका अधिकारी संबिधान सभा निर्वाचन २०७० मा क्षेत्र नं. १ मा काँग्रेसका अर्जुनप्रसाद जोशीसंग पराजित व्यक्ति हुन् । जोशीले लगातार तीन पटक सम्म निर्वाचन जितेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा दुई ओटा तह नेपाली काँग्रेस र बाँकी स्थानीय तहमा एमालेले जितेको थियो ।

यस्तै, प्रदेश सभाको निर्वाचनको लागि बाम गठबन्धनको तर्फ बाट पर्वत क्षेत्र नं. २ (ख) बाट नेकपा एमाले पर्वतका पूर्व अध्यक्ष तथा निवर्तमान साँसद विकास लम्साल र नेपाली काँग्रेसको तर्फ बाट पैयूँ गाउँपालिकाका नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि यूवा नेता राजेन्द्र प्रसाद तिवारी  भिड्दै छन । संबिधान सभा निर्वाचन २०६४ मा माओवादी र २०७० मा एमालेले जित हात पारेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा पाँच स्थानीय तहमा एमाले र दुइ स्थानीय तहमा काँग्रेस बिजयी भएको छ ।

स्थानीय तहको मत अनुसार लोकतान्त्रिक शक्ति भन्दा पर्वतमा बामगठबन्धन निकै बलियो देखिएको छ । स्थानीय तहमा पाँच तह आफ्नो कोल्टोमा पारेको नेकपा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रको मत जोड्दा पर्वतमा काँग्रेसको भन्दा ६ हजारभन्दा बढीले कम हुन आउँछ जसका कारण पनि पर्वतमा बामगठबन्धन लोकतान्त्रिक गठबन्धनमाथि निकै भारी हुने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली