२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा चुनावी प्रचार सामग्रीले सिंगारियो बजार, कांग्रेसले सोमवार पनि प्रचार गर्दै

२०७४, २० कार्तिक सोमबार ०५:५१

चिसाङ शेर्पा | कात्तिक २०, खोटाङ | निर्वाचन नजिकिएसँगै खोटाङका अधिकांश व्यापारिक केन्द्र पार्टीको झण्डा, व्यानर, तोरण, पर्चा र पम्प्लेटले रंगिन थालेका छन् । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको प्रचार–प्रसारकाक्रममा बढि भीडभाड हुने दिक्तेल, हलेसी, बाक्सिला, खोटाङबजार, चिसापानी, ऐसेलुखर्क लगायतका बजार पार्टीका प्रचार प्रसार सामग्रीले रंगिएका छन् । 

मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारीकाक्रममा वाम गठबन्धनमा आवद्ध एमाले र माओबादी केन्द्र, कांग्रेस र संघीय समाजबादी फोरमले राखेको झण्डा, पर्चा, पम्प्लेटले दिक्तेल बजार सिंगारिएको छ । संघीय समाजबादी फोरमले भने पर्चा, पम्प्लेट मात्र टाँसेको छ । स्थानीय तहको निर्वाचनकाक्रममा प्रचार सामग्रीले बेहुलीझैं सिंगारिएको दिक्तेल पुःन रंगीबिरंगी बनेको छ । ठाउँ–ठाउँमा झण्डाको तोरण तानिएको छ ।

अधिकांश नेता तथा उम्मेद्वार गाउँमा केन्द्रित भइरहँदा वाम गठबन्धनले दिक्तेलमा शनिबार चुनाव प्रचार–प्रसारकारुपमा हरेक घर, होटल र पशलमा झण्डा राखेका छन् । संयुक्त चुनावी कार्यक्रम भइरहेकाबेलामा सदरमुकाम दिक्तेल लगायत व्यापारिक केन्द्रमा पनि प्रचार–प्रसार थालिएको एमाले जिल्ला उपसचिव कुमार आचार्यले बताए । यस्तै, कांग्रेसले दिक्तेलमा आईतबारदेखि निर्वाचन प्रचारप्रसार शुरु गरेको छ । कांग्रेसका नेता तथा कार्यकताले दिक्तेलको भवनगैरादेखि हरेक घर–घरमा चुनावी पर्चा र झण्डा राखेर प्रचारप्रसार थालेको हो । सोमवार त्रिवेणीचोकदेखी रत्नपार्कसम्म प्रचारप्रसार गर्दैछ । 

जिल्लामा कांग्रेसकातर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार सरस्वती वजिमय, प्रदेशसभा (क) मा सुवासकुमार पोखरेल र प्रदेशसभा (ख) मा विष्णुकुमार राई चुनावी मैदानमा छन् । यस्तै, वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका विशाल भट्टराई, प्रदेशससभा (क) मा एमालेकै राजन राई र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका रामकुमार राई चुनानी मैदानमा छन् । कुल एक लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका लागि दश राजनीतिक दलका नेताले भाग लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो