2026-09-19 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदाता शिक्षामा ढिलाई, अलमलमा मतदाता

चिसाङ शेर्पा/कात्तिक २०, खोटाङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाइ हुँदा प्रदेशसभा र प्रतिनिधिसभा चुनावका मतदाता अलमलमा परेका छन् ।

चुनाव आउन २० दिन बाँकी रहँदासम्म दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा मतदाता शिक्षा कार्यक्रम सुरु नहुँदा मतदाता अलमलमा परेका हुन् । चुनावसम्वन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई चुनावप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालनका लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न ढिलाइ हुँदा मतदाता अलमलको अवस्थामा रहेको एमालेका जिल्ला उपसचिव कुमार आचार्यले बताउनुभयो । 

चुनावप्रति मतदातालाई सचेत र जागरुक बनाउनका लागि निर्वाचन आयोगले ढिलाई गरेको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयले भने कात्तिक २५ गतेदेखि मतदाता शिक्षा स्वयंसेवक खटाउने जनाएको छ । 

अघिल्लो दिन तालिम दिएर दोश्रो दिनदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकलाई खटाइने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । गत स्थानिय तहमा मतदाता शिक्षा प्रभावकारी नहुंदा नै खोटाङमा धेरै मात्राका भोट वद्धर भएको थियो । गाउ कुनाकाप्चामा मतदाता शिक्षा नपुग्दा कतिपयले औठाछापले नै भोट लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई