2026-09-19 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंसिरको चुनाव बहिष्कार र खारेजको नीतिमा नेकपा

दलसिंह गिरी/कात्तिक २०, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका पोलीटब्यूरो सदस्य भरत बम रणबिरले अहिले भैरहेको चुनाव जनता र राष्ट्रको पक्षमा नभएको भन्दै चुनावले देश र जनतालाई कंगाल र परनिर्भर बनाई झन् ठुलो संकटतिर धकेल्ने जिकिर गर्नु भएको छ । 

असफल संसदीय दलाल पुजीवादी व्यवस्था र भ्रष्ट नेतृत्वलाई जबर्जस्त लाद्ने काम गर्ने भन्दै वस्तुतः यस्ले प्रतिक्रान्ती र नव उपनिवेशवादको सेवा गर्ने भएकाले त्यसैले यो चुनावलाई खारेज र बहिष्कार गर्ने पार्टीको नीति रहेको बताउनु भएको हो । 

स्कुलींग बिभागका सदस्य समेत रहेका बमले निर्बाचन भाड्ने शव्द राज्यले प्रयोग गरिरहेको छ तर हामीले चुनाव खारेज र बहिष्कार गर्ने भनेका छौ, उहाँले थप्नुभयो वास्तवमा जनताहरु अहिलेको व्यवस्था र नेताहरुसँग सन्तुष्ट छैनन्, खासमा जनताले चुनावमा बाध्य भएर भाग लिइरहेका छन्, त्यसैले जनताले गर्ने बिरोधको जुनसुकै रुपको पनि पार्टीले नेतृत्व गर्छ र पार्टीले यहि तयारी गरिरहेको उहाँको भनाई छ ।

अहिलेको  राजनीति सेवाको साधन बाट कमाउने व्यवसायमा बदलिएको भन्दै उहाँले नेताहरू नयाँ ब्यापारी तथा ठेकदार जस्ता बनेका छन्, यो स्थितिमा हुने चुनाव भनेको टेन्डर प्रक्रिया जस्तै हो, जहाँ एकदिनको लागि जनतालाई पनि सकृय बनाइन्छ बमले थप्नुभयो चुनावलाई निरपेक्ष लोकतान्त्रिक  बिधिको रूपमा प्रस्तुत् गरेको छ जो यथार्तसग मेल खादैन । 

हामी देश र जनताको सेवा गर्ने राजनीति र चुनाव चाहान्छौ । राष्ट्र र जनताको हित बिपरीतको निर्बाचनले मूलुकलाई थप संकटतिर धकेल्ने पक्का भएको समेत उहाँले जिकिर गर्नुभयो । उहाले थप्नुभयो चुनाव त हामी भन्दा राज्य पक्षले भाड्ने वातावरण तयार गर्न खोज्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई