2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रधानमन्त्री देउवालाई डडेल्धुरामा फाइदा

कात्तिक २०, काठमाडौँ | डडेलधुराका केही माओवादीका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । 

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीलाई काँग्रेस सदस्य दिएर प्रवेश गराउनुभएको हो । काँग्रेसमा प्रवेश गर्नुभएका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उहाँको स्वकीय अधिकृतसमेत हुनुहुन्थ्यो । उहाँ माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्यसमेत हुनुहुन्छ । 

त्यस्तै डडेलधुराकै वाइसिएल नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत तथा गन्यापधुरा गाउँपालिका–४ का सदस्य नरजित भुल र वीरबहादुर भुल पनि काँग्रेस प्रवेश गर्नुभएको छ । डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ता मानबहादुर धानुक, गोपाल खत्री, मीनराम साउद र धनीलाल पाल पनि काँग्रेस प्रवेश गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई