चिसाङ शेर्पा | कात्तिक २१, खोटाङ | प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराँते प्रतियोगिताको पुर्वाञ्चल छनौट कार्यक्रम सुनसरीको धरानमा सोमवार सकिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा | कात्तिक २१, खोटाङ | प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराँते प्रतियोगिताको पुर्वाञ्चल छनौट कार्यक्रम सुनसरीको धरानमा सोमवार सकिएको छ । "/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय कराँतेका लागि पुर्वाञ्चल छनौट सम्पन्न, खोटाङको ह्याट्रिक, ७ जना छानिए

२१ कार्तिक २०७४, मंगलवार ०४:३१

चिसाङ शेर्पा | कात्तिक २१, खोटाङ | प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराँते प्रतियोगिताको पुर्वाञ्चल छनौट कार्यक्रम सुनसरीको धरानमा सोमवार सकिएको छ । कराँतेका विभिन्न विधामा १५ खेलाडी तथा ६ महिला काता टिम छनौटमा परेका छन् । खोटाङका ६ खेलाडी तथा महिला काता टिममा खोटाङ जिल्ला टप गरेर कराँतेको ईतिहासमा पहिलो रेर्कड बनाएको छ ।

कराँतेको विधामा पर्ने पुरुष कुमितेमा खोटाङका  नबिन राई (५५ किलो) सन्तोष राई (६० किलो) र सुजन राई (६७ किलो) अन्तरगत छनौटमा परेका हुन् । कुमार राई सुनसरी  (४५ किलो) तेह्रथुमका बिबेक थापा (५० किलो) झापाका सन्त राई (७५ किलो), ईलामका भेषराज राई (८४ किलो), ईलामकै दिपेश घिमिरे (८४ किलो) गरी ८ जना कुमितेमा छानिएका हुन् ।

यस्तै, पुरुष टिम काता तर्फ खोटाङका सुमन राई, मोतिचन्द्र राई र नबिन राईले जित हाँसिल गरेर खोटाङको नाम उच्च बनाउनु भएको छ । खोटाङसंगै पुरुष एकल कातातर्फ सुनसरीका रोहित राई पनि छनौटमा परेका छन् ।

महिला कुमितेतर् खोटाङका ३ महिलासहित ७ जना महिलाहरु छानिएका छन् । ५५ किलोमा बिध्याकला राई, ६१ किलोमा जस्मिन राई र ६८ किलोमा मिस्डोना राई खोटाङकी हुन् । झापाकी ओसिस श्रेष्ठ (४० किलो), सुनसरीकी मेघा लिम्बु (४५ किलो ), ईलामकी प्रिती बस्नेत (५० किलो) र मोरङकी कृति दुलाल (६८ किलो) र महिला एकल कातामा सुनसरीका रोसिमा पिन्यांग राई छनौटमा परेका हुन् ।

यसैगरी, ७ स्वर्ण ३ रजत ५ कास्यसहित खोटांङको टिम प्रथम, ५ स्वर्ण ४ रजत ३ कास्य लिएर सुनसरी दोश्रो र ३ स्वर्ण १ रजत ५ कास्यमा इलाम तेश्रो भएको छ । २ स्वर्ण लिएर झापा चौथो वनेको नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष तथा खेलका लागि टिम प्रशिक्षक सञ्जय कुमार राइले जानकारी दिनुभयो । छनौटमा परेका खेलाडीहरु राष्ट्रिय टिम छनौटका लागि मंगलवार काठमाण्डौ जादैछन् । उनीहरुले १३ औ साउथ एसियन, १८ औ एसियन गेम खेल्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा