चिसाङ शेर्पा | कात्तिक २१, खोटाङ | प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराँते प्रतियोगिताको पुर्वाञ्चल छनौट कार्यक्रम सुनसरीको धरानमा सोमवार सकिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा | कात्तिक २१, खोटाङ | प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराँते प्रतियोगिताको पुर्वाञ्चल छनौट कार्यक्रम सुनसरीको धरानमा सोमवार सकिएको छ । "/>
2026-08-27 04:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय कराँतेका लागि पुर्वाञ्चल छनौट सम्पन्न, खोटाङको ह्याट्रिक, ७ जना छानिए

चिसाङ शेर्पा | कात्तिक २१, खोटाङ | प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराँते प्रतियोगिताको पुर्वाञ्चल छनौट कार्यक्रम सुनसरीको धरानमा सोमवार सकिएको छ । कराँतेका विभिन्न विधामा १५ खेलाडी तथा ६ महिला काता टिम छनौटमा परेका छन् । खोटाङका ६ खेलाडी तथा महिला काता टिममा खोटाङ जिल्ला टप गरेर कराँतेको ईतिहासमा पहिलो रेर्कड बनाएको छ ।

कराँतेको विधामा पर्ने पुरुष कुमितेमा खोटाङका  नबिन राई (५५ किलो) सन्तोष राई (६० किलो) र सुजन राई (६७ किलो) अन्तरगत छनौटमा परेका हुन् । कुमार राई सुनसरी  (४५ किलो) तेह्रथुमका बिबेक थापा (५० किलो) झापाका सन्त राई (७५ किलो), ईलामका भेषराज राई (८४ किलो), ईलामकै दिपेश घिमिरे (८४ किलो) गरी ८ जना कुमितेमा छानिएका हुन् ।

यस्तै, पुरुष टिम काता तर्फ खोटाङका सुमन राई, मोतिचन्द्र राई र नबिन राईले जित हाँसिल गरेर खोटाङको नाम उच्च बनाउनु भएको छ । खोटाङसंगै पुरुष एकल कातातर्फ सुनसरीका रोहित राई पनि छनौटमा परेका छन् ।

महिला कुमितेतर् खोटाङका ३ महिलासहित ७ जना महिलाहरु छानिएका छन् । ५५ किलोमा बिध्याकला राई, ६१ किलोमा जस्मिन राई र ६८ किलोमा मिस्डोना राई खोटाङकी हुन् । झापाकी ओसिस श्रेष्ठ (४० किलो), सुनसरीकी मेघा लिम्बु (४५ किलो ), ईलामकी प्रिती बस्नेत (५० किलो) र मोरङकी कृति दुलाल (६८ किलो) र महिला एकल कातामा सुनसरीका रोसिमा पिन्यांग राई छनौटमा परेका हुन् ।

यसैगरी, ७ स्वर्ण ३ रजत ५ कास्यसहित खोटांङको टिम प्रथम, ५ स्वर्ण ४ रजत ३ कास्य लिएर सुनसरी दोश्रो र ३ स्वर्ण १ रजत ५ कास्यमा इलाम तेश्रो भएको छ । २ स्वर्ण लिएर झापा चौथो वनेको नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष तथा खेलका लागि टिम प्रशिक्षक सञ्जय कुमार राइले जानकारी दिनुभयो । छनौटमा परेका खेलाडीहरु राष्ट्रिय टिम छनौटका लागि मंगलवार काठमाण्डौ जादैछन् । उनीहरुले १३ औ साउथ एसियन, १८ औ एसियन गेम खेल्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’