पोखरा २२ कार्तिक । प्रतिनिधि सभा र प्रदेश सभा निवाचनाका लागी कास्कीमा बाम गठबन्धनले विभिन्न चुनावी कार्यक्रम गरिरहेका छन् ।गठबन्धनका उम्मेवार कोही गाँउ र कोही शहरमा समुहगत र ब्यत्तिगत र"/>
पोखरा २२ कार्तिक । प्रतिनिधि सभा र प्रदेश सभा निवाचनाका लागी कास्कीमा बाम गठबन्धनले विभिन्न चुनावी कार्यक्रम गरिरहेका छन् ।गठबन्धनका उम्मेवार कोही गाँउ र कोही शहरमा समुहगत र ब्यत्तिगत रुपमा जनतासंग मत माग्न ब्यस्त छन् । कास्की क्षेत्र नम्वर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्वमन्त्री खगराज अधिकारी र प्रदेश सभा सदस्य उम्मेदवार मत माग्न बुधबार पर्यटकीय गाँउ सिक्लेस पुगेका छन् ।उनीहरुलाई सिक्लेस पुग्दा जनताले भब्य स्वागत गरेका थिए ।
सिक्लेस प्रदेश सभाका उम्मेदवार मनबहादुर गुरुङको जन्मथलो भएकाले स्थानियले फुल र मालाले भब्य स्वागत गरे । फुलमालाले उम्मेदवार अधिकारी र गुरुङ मालाले पुरिएका थिए । त्यस्तै प्रदेश नम्वर २ का उम्मेदवार रविन्द्र अधिकारी पनि घरदैलोमै ब्यस्त भएका छन् । प्रदेश नम्वर ३ का उम्मेदवार जगत विश्वकर्माले बुधबार पोखराका वडा नम्वर १ बगरमा घरदैलो गदै मत मागि रहेका छन् ।प्रदेश सभा उम्मेदवार जीवन बराल पनि विश्वकर्मासंगै आफनो पक्षमा मत माग्न ब्यस्त छन् त्यस्तै प्रदेश सभा सदस्य राजीव पहारी बैदाम, मालेपाटन क्षेत्रमा मत माग्न ब्यस्त छन् । त्यस्तै काँग्रेस उम्मेवारहरु पनि घरदैलोमा जनतासंग मत माग्न ब्यस्त छन् । क्षेत्र नम्वर १ का प्रतिनिधि सभा उम्मेदवार एंव कानुनमन्त्री यज्ञबहादुर थापा पोखरा १० र १२ नम्वर वडामा मत माग्न ब्यस्त छन् ।
त्यस्तै प्रदेश सभा सदस्यहरु कृष्ण केसी, जीवन परियार, क्षेत्र नम्वर २ का प्रतिनिधि सभा उम्मेदवार देवराज चालिसे, प्रदेश सभा उम्मेदवार विन्दुकुमार थापा, गुरु बराल, क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा उम्मेदवार शुक्रराज शर्मा, प्रदेश सभा उम्मेदवार सिकन्दर गुरुङ र शारदा पौडेल पनि घरदैलोमा ब्यस्त छन् ।