२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा नयाँ शक्तिले वजार, व्यापरिक केन्द्रमा चुनावी प्रचार सामग्री नराख्ने

२०७४, २२ कार्तिक बुधबार १०:२२

चिसाङ शेर्पा/कात्तिक २२, खोटाङ  । नयाँ शक्ति पार्टी नेपाल खोटाङले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचारप्रसारका कुनै पनि सामग्री प्रर्दशन नगर्ने जनाएको छ । आगामी मंसिर १० गते हुने निर्वाचनका लागि प्रचारप्रसारका वहनामा पुरानै ढर्रा नअपनाउने नयाँ शक्तिले बताएको छ । झण्डा, व्यानर, तोरण, पर्चा र पम्प्लेटजस्ता चुनावी प्रचारका सामाग्री जिल्लामा कही पनि नराख्ने पार्टी अध्यक्ष सुर्य राईले जानकारी दिनुभयो । 

भोट माग्न जनताका घरघरमा पुगेका छौ, त्यहाँ पनि हामीले प्रचारप्रसारका कुनै सामग्रीहरु राखेका छैनौ पार्टी अध्यक्ष राईले भने, “केन्द्रले नगर्नु त भनेको छैन, तर हामी शान्तमय तथा रचनात्मक तवरमा चुनावी प्रचारप्रसार गछौ ।” राजनीतिको बहानामा सडक जाम गर्ने, घरका भित्ता, खम्वा, सडक, सार्वजनिक स्थल फोहोर गर्ने, शहर कुरुप वनाउने, ¥याली गर्ने, अनावश्यक हो–हल्ला गर्ने काम नयाँ शक्तिले गदैन । “हामी मानवको नैसर्गिक अधिकारको मर्म बुझ्ने कोशिष गछौ ।”

जिल्लामा बाम गठबन्धन, नेपाली काग्रेस, संघिय समाजवादी फोरमले दिक्तेल वजारका पसल, होटल, घर र विजुलीका खम्बा तथा सदरमुकाम वाहिरका मुख्य व्यापरिक केन्द्रमा झण्डा, व्यानर, तोरण, पर्चा र पम्प्लेट राखेर प्रचार गरीरहेको वेला आफुले त्यस्ता कुनै पनि चुनावी प्रचारप्रसारका सामग्री सो नगर्ने र अन्य पार्टी सरह शहर कुरुप बनाउन प्रचार नगर्ने नयाँ शक्तिले जनाएको छ । 

जिल्लावाट नयाँ शक्ति पार्टीवाट प्रतिनिधिसभा उम्मेद्वारका लागि कृषि विज्ञ मदन राई उठेका छन् । उनलाई जिताउन प्रदेशसभाका क र ख का उम्मेद्वारहरुले स्वेच्छिक मनोनय फिर्ता गरेका थिए । नेपाली काग्रेस र बाम गठबन्धनसंग प्रर्तिसपर्धा गर्न नयाँ शक्ति व्यापक चुनावी प्रचारमा खटेका छन् । कांग्रेसवाट प्रतिनिनिसभाका लागि पुर्व सभाषद सरस्वती वजिमय, प्रदेशसभा (क) सुवासकुमार पोखरेल प्रदेशसभा (ख) विष्णु कुमार राई उम्मेद्वार छन् । 

बाम गठबन्धनवाट केन्द्रका लागि एमालेका पुर्व सभाषद विशाल भट्टराई प्रदेससभा (क) एमालेका राजन राई र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका राम कुमार राई (पासाङ) चुनावी मैदानमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से