Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुर १ का बाम उम्मेदवार पराजुली, जसले भित्र-भित्रै गर्थे यस्तो काम

२०७४, २२ कार्तिक बुधबार १९:४५

नवलपरासी सम्वाददाता | 'नेतृत्व लिनको लागि भाषण मात्रले महत्व राख्दैन । जनताको अगाडी मुखको माध्यमबाट आश्वासन बाड्न जति सजिलो छ त्यति सजिलो काम गर्न हुँदैन' भन्ने यी व्यक्ति अहिले प्रतिनिधि सभा अन्तर्गत नवलपुर १ का बाम गठबन्धनका उम्मेदवार हुन् । 

बाम गठबन्धनले नवलपुरमा नयाँ अनुहारलाई चुनावमा उठाएको भन्दै जनताले भोट नदिने र आफैले जित्छु भन्ने दावी दिँदै हिडेका कांग्रेस महामन्त्री सशांक कोइरालालाई समेत उनका प्रतिद्वन्दी भविशोर पराजुलीको भित्री रुप थाहा छैन । २०६४ सालदेखि भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान संचालन गरि सामाजिक सेवामा तल्लिन बनेका पराजुली र उनको नेतृत्वको अभियानले डेढ दर्जन भन्दा बढी भ्रष्ट कर्मचारीहरुलाई अखित्यारको सहयोगमा जेलसम्म पुर्याउन भूमिका खेलेको छ । पराजुलीले अभियान मार्फत भित्रभित्रै भ्रस्टाचारीलाई कसरी कानुनी दायरामा ल्याउने भन्ने बिषयमा योजना बनाई अख्तियारको सहयोगमा काम गर्ने गरेको अभियानका एक सदस्यले बताए । यस बिषयमा बिभिन्न संचार माध्यममा आएका समाचारहरुले समेत पुष्टि गरेको छ । 


भित्र-भित्रै भ्रष्टाचारीहरुलाई रंगेहात अख्तियारको फन्दामा पार्न पराजुलीको नेतृत्वमा योजना बन्थ्यो अनि उनको अभियानसँग जोडिएकाहरु मार्फत अप्रेशन सुरु हुन्थ्यो, जसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहयोगमा कारवाही गरिन्थ्यो । यसरी जनतालाई सेवा गर्न बसेका कामचोर र भ्रष्ट कर्मचारीहरुको लागि उनि आँखाको कसिंगर बने । यस अभियानले यसरी धेरै अप्रेशन सफल पारिसकेको छ । हालसालै काठमाडौँको बुढानिलकन्ठबाट काठमाडौँ जिल्ला अदालतका एक जना कर्मचारीलाई अभियानको सुराकीमा अख्तियारले रंगेहात पक्राउ गरेको थियो । 

पराजुलीले निरन्तर अभियानमा भित्री रुपमा सक्रिय नेतृत्व लिए तर भ्रष्टाचारीहरुको अगाडी खुलेनन् । जसको कारण थियो – खुलेर काम गर्दा भ्रष्टाचारीहरुले अभियानको गोप्य अप्रेशन शंका गर्न सक्थें । अभियानमा पराजुली सहित एक दर्जन समुह गोप्य रुपमा काम गर्छन जसले भ्रष्ट कर्मचारी पहिचान गरि अख्तियारलाई सूचना दिंदै आएको छ । 

तलको तश्विरमा: भ्रष्टाचार बिरोधि अप्रेशनको क्रममा देखिएका अभियानका अध्यक्ष भविशोर पराजुली |

(तीन लाख रुपैयाँ घुससहित काठमाडौँ महानगरपालिकाका– ३ का सवइन्जिनियर दिनेश श्रेष्ठलाई भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानको स्ट्रिंग अप्रेसन टोलिले रङ्गे हात पक्राउ गरेको थियो । सवइन्जिनियर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा पुगेको अभियानको अप्रेसन टोलीले पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि अख्तियारलाई बुझाएको थियो ।) पराजुलीले यस्ता धेरै अप्रेशनको नेतृत्व गरेका छन् 

माओवादी द्वन्द ताका कमाण्डरको नेतृत्व समेत सम्हालेका पराजुली निरन्तर कम्युनिष्ट आन्दोलनमै सरिक छन् । देशमा सुशासनको अभियान चलाउने क्रममा उनको नेतृत्वको अभियानले ११ बर्षमा भ्रष्टाचार बिरुद्ध धेरै कामहरु गरेको छ । त्यसमा पनि सामाजिक रुपमा भ्रष्टाचार बिरोधि अभियान संचालन गरेका पराजुलीले राजनीतिक नेतृत्वको माध्यमबाटै भ्रष्टाचार बिरोधि काम सुरु भएमा देश भ्रष्टाचार मुक्त हुने विश्वास स्वरूप पछिल्लो समय माओवादी केन्द्रमा सक्रिय राजनीति गरेर पोलिटब्युरो सदस्यसम्म बने । 


माओवादी केन्द्र भित्रै पनि उनको भित्री परिचय गौण रह्यो । मुख्य नेतृत्वमा रहेका पार्टी अध्यक्ष प्रचण्ड र केहि नेता बाहेक अरुलाई उनि भ्रष्टाचारीका लागि दुश्मन हुन् भन्ने कुरा हेक्का नहुन सक्छ । अहिले बाम गठबन्धनका तर्फबाट नवलपुर १ का साझा उम्मेदवार बनेका पराजुली देशमा सुशासन र भ्रष्टाचार मुक्त देशको लागि एउटा उदाहरणीय नेता बन्न चाहन्छन् । 


अब उनको भ्रष्टाचार बिरोधि नेतृत्व र भ्रष्टाचारमुक्त देश बनाउने अभियानको बाटो नवलपुर १ का जनताले तय गर्नेछन् । यस बिषयमा भविशोर पराजुली भन्छन् – 'म नवलपुरकै छोरा हुँ, हारेपनि मैले आफ्नो कर्तब्य भुल्नु हुँदैन । नवलपुरबाटै भ्रष्टाचारमुक्त मुक्त अभियान सुरु गर्छु । नवलपुरको बिकासको लागि मुखले मात्र बोलेर केहि हुँदैन काम गरेर मात्र बोल्नु पर्छ, यहाँ हुने भ्रष्टाचारलाई शुन्यमा झारे मात्र यहाँको १००% बिकास हुन्छ ।' 

आफु नेतृत्वमा नहुँदा नेतृत्वलाई पटक-पटक ज्ञापन पत्र र रिले तथा आमरण अनसन समेत गरेर दवाव दिने पराजुली आफै नेतृत्वमा पुगे भने भ्रष्टाचारले खोक्रो पारेको देशका लागि कतिसम्म गर्लान् हेर्न भने बाँकी छ । तर उनको भ्रष्टाचार मुक्त देशको अभियानको लागि देखेको सपना नवलपुर् १ का जनताले निर्धारण गर्नेछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी