१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अकुत आर्जनमा तानिए शर्मा, बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियार टोली

२३ कार्तिक २०७४, बिहीबार ०२:४५

कात्तिक २३, काठमाडौँ । कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । 

शर्माले अख्तियारमा पेस गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा उनको २० करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखिएपछि उनीमाथि अनुसन्धान थालेको हो । 

अख्तियारले अनुसन्धानका शिलशिलामा बयानका लागि पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि बुधबार शर्माको घरमा सात दिने म्याद टाँस गरेको छ ।

अख्तियारले वडा सचिवको रोहवरमा बुढानीलकण्ठ नगरपालिका–३ रुद्रश्वेर मार्गस्थित उनको घरमा सात दिनभित्र उपस्थित हुने सूचना टाँसेको हो।

म्याद टाँसका कारण निलम्बित सहसचिव शर्माले सात दिनभित्र अख्तियारमा उपस्थित भइसक्नु पर्छ। उपस्थित नभए अख्तियारले उनलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाउने जनाएको छ।

‘हामीले बयानका लागि शर्मालाई आयोगमा पटकपटक बोलायौं, तर आउनुको साटो उनले आलटाल गर्न खोजे, घरभित्रै बसेर कोही नभएको जवाफ दिन थाले, त्यसैले बाध्य भएर ७ दिने सूचना टाँस्नुपरेको हो,’ अख्तियार स्रोतले भन्यो, ‘अब पनि नआए पक्राउ गरेर ल्याइन्छ।’

शर्मामाथि कर निर्धारणमा अनियमितता गरेको आरोपमा झन्डै १० अर्ब रुपैयाँको बिगो र जरिवाना माग दाबीसहित दायर मुद्दा अझै विशेष अदालतमा विचाराधीन छ। उनी सर्वोच्च अदालतको आदेशबाट न्यायिक हिरासतबाट भने मुक्त भइसकेका छन्।अख्तियारका अनुसार आयोगमा शर्माले भरेको १३ पाने सम्पत्ति विवरण र अख्तियारको अनुसन्धानमा २० करोड रूपैयाँ सम्पत्तिको स्रोत खुल्न नसकेको देखिएपछि बयानका लागि ताकेता पनि गरेको थियो। आयोगले चार महिनाअघिबाट अकुत सम्पत्ति आर्जन गरेको विषयमा उनीमाथि अनुसन्धान थालेको थियो।

लोकसेवा आयोगको तयारी कक्षाको पारिश्रमिक र पुस्तक बिक्रीलाई आफ्नो आर्जन भएको भन्ने उनको दाबीलाई आयोगले मानेको छैन। -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट