२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अकुत आर्जनमा तानिए शर्मा, बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियार टोली

२०७४, २३ कार्तिक बिहीबार ०२:४५

कात्तिक २३, काठमाडौँ । कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । 

शर्माले अख्तियारमा पेस गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा उनको २० करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखिएपछि उनीमाथि अनुसन्धान थालेको हो । 

अख्तियारले अनुसन्धानका शिलशिलामा बयानका लागि पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि बुधबार शर्माको घरमा सात दिने म्याद टाँस गरेको छ ।

अख्तियारले वडा सचिवको रोहवरमा बुढानीलकण्ठ नगरपालिका–३ रुद्रश्वेर मार्गस्थित उनको घरमा सात दिनभित्र उपस्थित हुने सूचना टाँसेको हो।

म्याद टाँसका कारण निलम्बित सहसचिव शर्माले सात दिनभित्र अख्तियारमा उपस्थित भइसक्नु पर्छ। उपस्थित नभए अख्तियारले उनलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाउने जनाएको छ।

‘हामीले बयानका लागि शर्मालाई आयोगमा पटकपटक बोलायौं, तर आउनुको साटो उनले आलटाल गर्न खोजे, घरभित्रै बसेर कोही नभएको जवाफ दिन थाले, त्यसैले बाध्य भएर ७ दिने सूचना टाँस्नुपरेको हो,’ अख्तियार स्रोतले भन्यो, ‘अब पनि नआए पक्राउ गरेर ल्याइन्छ।’

शर्मामाथि कर निर्धारणमा अनियमितता गरेको आरोपमा झन्डै १० अर्ब रुपैयाँको बिगो र जरिवाना माग दाबीसहित दायर मुद्दा अझै विशेष अदालतमा विचाराधीन छ। उनी सर्वोच्च अदालतको आदेशबाट न्यायिक हिरासतबाट भने मुक्त भइसकेका छन्।अख्तियारका अनुसार आयोगमा शर्माले भरेको १३ पाने सम्पत्ति विवरण र अख्तियारको अनुसन्धानमा २० करोड रूपैयाँ सम्पत्तिको स्रोत खुल्न नसकेको देखिएपछि बयानका लागि ताकेता पनि गरेको थियो। आयोगले चार महिनाअघिबाट अकुत सम्पत्ति आर्जन गरेको विषयमा उनीमाथि अनुसन्धान थालेको थियो।

लोकसेवा आयोगको तयारी कक्षाको पारिश्रमिक र पुस्तक बिक्रीलाई आफ्नो आर्जन भएको भन्ने उनको दाबीलाई आयोगले मानेको छैन। -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ