2026-09-15 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रोल्पामा नेपाल कम्युनिस्ट पार्टीका दुई नेता पक्राउ

कात्तिक २३, रोल्पा । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको छ । 

मंसिर १० मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बिथोल्न मतदातामाझ भय सिर्जना गरेको आरोपमा प्रहरीले बुधबार बेलुकी दुवैलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा नेकपाका रोल्पा इन्चार्ज दलबहादुर खत्री ‘जागृति’ र जिल्ला सचिव सन्तोष सुवेदी ‘प्रयास’ छन् । मतदातामा भय सिर्जना गरेकाले निर्वाचन सुरक्षामाथि खतरा उत्पन्न हुने देखेर उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए । नियन्त्रणपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रनाउ फुयालले बताए ।  

प्रहरीका अनुसार नेकपाका जिल्ला इन्चार्ज खत्रीलाई सदरमुकामस्थित रोल्पा नगरपालिका भित्रैको लिबाङबाट र सचिव सुवेदीलाई सुवर्णावती गाउपालिकाको मिझिङबाट नियन्त्रणमा लिइएको हो । स्रोतका अनुसार पक्राउमा परेका नेता लगायतलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेको थियो । 

विप्लवद्वारा एक महिनाअघि जिल्ला सचिव मनोनित गरिएका सुवेदी माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीका जेठा छोरा हुन् । रोल्पा जिविसका पूर्व सभापति नेता झक्कुप्रसाद सुवेदी आसन्न निर्वाचनमा काठमाडौ २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । सन्तोषका ससुरा माओवादी नेता हरिबोल गजुरेल पनि निर्वाचनका उम्मेदवार छन् । 

प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले निर्वाचन विरोधी गतिविधिमा लाग्ने जोकोहीलाई पक्राउ गर्ने सरकारले स्पष्ट निर्देशन दिएको बताए । ‘निर्वाचन विरोधी गतिविध सिर्जना गर्ने र सुरक्षा व्यवस्थामाथि खतरा उत्पन्न गर्नेलाई पक्राउ गरेर नियन्त्रणमा राख्न सकिन्छ’ प्रजिअ भट्टराईले भने । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ