2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा मतपत्र आइपुग्यो

कात्तिक २३, नुवाकोट । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा आवश्यक मतपत्र जिल्ला आइपुगेको छ । 

निर्वाचनका लागि आवश्यक पर्ने ६५ प्रकारका सामग्रीमध्ये जिल्लामा खरिद गर्नुपर्नेबाहेक आयोगबाट पठाउनेमध्ये मुख्य मानिएको मतपत्र बुधबार जिल्ला आइपुगेको हो । नुवाकोटमा कायम रहेका मतदाता संख्याभन्दा बढी हुनेगरी मतपत्र जिल्लामा आएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिनुभयो । 

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ क्षेत्र नं १ का लागि एक लाख १९ हजार, प्रदेश सभातर्फ (क) का लागि ५९ हजार र (ख) का लागी ६० हजार थान मतपत्र आएको छ । यस्तै, समानुपातिकतर्फ एक लाख १९ हजार मतपत्र आएको क्षेत्र नं १ का निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिनुभयो । 

क्षेत्र नं २ का लागि प्रत्यक्षतर्फ एक लाख १६ हजार मतपत्र जिल्ला आइपुगेको छ । प्रदेश सभातर्फ (क) र (ख) का लागि समान ५८÷५८ हजार थान मतपत्र आएको छ । २ नं क्षेत्रको समानुपातिकतर्फ एकलाख १६ हजार थान मतपत्र आएको मुख्य निर्वाचन अधिकृत शाहले जानकारी दिनुभयो । 

मतपत्र नेपाली सेनाको सुरक्षा घेरामा ल्याएर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको छ । नुवाकोटमा कुल मतदाता दुई लाख आठ हजार १९१ रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई