2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डडेल्धुरामा एउटै गाउँपालिका तीन पार्टी प्रमुख चुवानी मैदानमा

ललित बोहरा/कात्तिक २३, डडेल्धुरा । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि डडेल्धुरामा एउटै गाउँपालिकाका तीन जना उम्मेदवार बनेका छन् ।

जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ बाट तीन जनाको उम्मेदवारी परेको हो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, जिल्ला सभापति कर्ण मल्ल, र नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डा.ताराप्रसाद जोशी एउटै गाउँपालिकाबाट चुनावी मैदानमा छन् ।

गाउँपालिकाको वडा नम्बर १ का कांग्रेस केन्द्रीय सभापति देउवा डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्दैछन् । 

यस्तै गाउँपालिकाका वडा नम्बर २ का कांग्रेस जिल्ला सभापति मल्ल निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभाका लागी उम्मेदवार हुने भने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष जोशी पनी निर्वाचन क्षेत्र ‘ख’ बाट नै प्रदेशसभा सदस्यका दाबेदार हुन् ।

टिकट पाएर १६ गते उम्मेदवारी दर्ता गरेपछि प्रदेशसभाका उम्मेदवार मल्ल र जोशी अहिले आआफ्नो पक्षमा मत बटुल्न घरदैलो कार्यक्रममा व्यस्त छन् ।

वाम गठबन्धनका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा गाउँ पसे पनि प्रधामनमन्त्री देउवा भने काठमाण्डाँैमै व्यस्त छन् । देउवालाई टक्कर दिन वाम गठबन्धनबाट माओवादी केन्द्रका सचिवलय सदस्य खगराज भट्ट चुनावी मैदानमा छन् ।

उम्मेदवारहरुले आफू विजयी भए विकासका कामलाई प्राथमिकता दिने घोषणा गरेका छन् । उनीहरुले आफूलाई भोट दिए सडक, खानेपानी, बिजुली, रोजगारमुलक कामको आश्वसन दिइरहेको मतदाताको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई