2026-09-19 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा दुई राज्यमन्त्रीबीच टक्कर, कसले मार्ला बाजी ?

कात्तिक २३, बैतडी । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा यसअघि संविधानसभाको निर्वाचनमा विजयी भएका पूर्वसांसदबीच टक्कर हुने भएको छ । 

दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नं १ बाट नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका थिए भने क्षेत्र नं २ बाट नेपाली काँग्रेसका नरबहादुर चन्द विजयी भएका थिए । भण्डारी केपी ओली सरकारका बेलामा अर्थराज्यमन्त्री बनेका थिए भने चन्द अहिले वाणिज्यराज्यमन्त्री हुनुहुन्छ । 

जिल्लामा आसन्न निर्वाचनका लागि प्रतिनिधिसभाका लागि एउटा मात्र क्षेत्र रहेकामा पूर्वराज्यमन्त्री भण्डारी र बहालवाला राज्यमन्त्री चन्द चुनावी मैदानमा उत्रिएकाले चुनावी प्रतिष्पर्धा रोचक हुने देखिएको छ । 

पूर्वअर्थराज्यमन्त्री भण्डारी वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका छन् भने वाणिज्यराज्यमन्त्री चन्द लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावी मैदानमा हुनुहुन्छ । संविधानसभा निर्वाचनमा भण्डारी १ नं क्षेत्रबाट ११ हजार ६७१ मतसहित विजयी भएका हुन् भने चन्द २ नं क्षेत्रबाट १२ हजार ४६६ मत ल्याई विजयी भएका थिए । 

जिल्लामा स्थानीय तहको निर्वाचनको मतपरिणामलाई हेर्दा वाम गठबन्धनको बढी मत छ । जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहको प्रमुखमा काँग्रेस विजयी भएको हो । तीन स्थानीय तहमा एमाले तथा एक स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रले जित हात पारेको थियो । 

जिल्लाको ८४ वटा वडामा एमालेले २७ हजार ३८९ र माओवादी केन्द्रले १८ हजार ७१९ मत प्राप्त गरेको थियो । काँग्रेसले २७ हजार ८७ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ४०४ मत पाएको थियो । तर स्थानीय तहको निर्वाचनमा खसेको अधिकांश मत मतदाताले पार्टीभन्दा पनि व्यक्ति रोजेको हुनसक्ने भएकाले स्थानीय तहको निर्वाचनको मतलाई पार्टीलाई दिएको भनेर भन्न सकिने अवस्था छैन । 

पूर्वप्रधानमन्त्री तथा राप्रपाका पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा काँग्रेसले राप्रपासँग चुनावी तालमेल गरेको छ । प्रदेश नं ७ को बैतडीमा मात्र राप्रपाले गणेश चन्दलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएको छ । 

प्रतिनिधिसभा सदस्यका दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । सारा कम्युनिष्ट एक भए पनि आफू लोकतन्त्रको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित भएको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चन्दको भनाइ छ । लोकतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धन विजयी हुन्छ उहाँले भन्नुभयो, “देशको विकास र आर्थिक समृद्घिका लागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ ।” आफुले जितेको खण्डमा मात्रै समग्र बैतडीको विकास हुने उहाँले दाबी गर्नुभयो । 

जारी गरिएको संविधानलाई कार्यान्वयन गर्दै आत्मनिर्भर अर्थतन्त्रको बाटोबाट मुलुकको विकास गरी समाजवादको दिशातर्फ अघि बढ्न आफूहरुको उम्मेदवारी भएको वाम गठबन्धनका उम्मेदवार भण्डारी बताउनुहुन्छ । जिल्लाको विकासका लागि सधैँ लागिपरेको बताउँदै भण्डारीले आफू विजयी भए बैतडीको मुहार फेरिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सडक, शिक्षा, स्वास्थ लगायतका विकासका पूर्वाधारमा जोड दिइनेछ ।” 

यसैगरी प्रतिनिधिसभाका लागि जिल्लामा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी र एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्दसमेत चुनावी मैदानमा उत्रिएका छन् । 

प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धनबाट हरिमोहन भण्डारी, वाम गठबन्धनबाट प्रेमप्रकाश भट्ट, राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगिरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे चुनावी मैदानमा रहेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । 

प्रदेशसभा (ख) मा लोकतान्त्रिक गठबन्धनबाट गणेश चन्द र वाम गठबन्धनबाट लीलाधर भट्ट चुनावी मैदानमा हुनुहुन्छ । चुनावलाई लक्षित गरेर जिल्लामा राजनीतिक दलले चुनावी अभियानलाई तीव्रता दिएका छन् । राजनीतिक दलहरु मत माग्न गाउँकेन्द्रित भएका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो