काठमाडौँ | पोखरा महानगरपालिका-१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्याइएकामा केहीबेरपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने उनको भनाइ छ। मृतक अमेरिकी नागरिक एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।