2026-07-25 06:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजपाका ठूला नेताले गृह जिल्ला सर्लाही छाडे

कात्तिक २४, सर्लाही | दोश्रो चरन्क्को निर्वाचन अन्तर्गत सर्लाही जिल्ला दोस्रो चरणमा मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुँदैछ । निर्वाचनको लागि अब केहि साता मात्र बाँकी छँदा यहाँ निर्वाचनको चहलपहल सुरु भएको छ । सर्लाही जिल्लामा नेपाली कांग्रेसले साना दलसँग केही निर्वाचन क्षेत्रमा गठबन्धन गरे पनि धेरै स्थानमा एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। 

देशभर गठबन्धनमा बाँधिएको एमाले माओवादीले सर्लाहीमा पनि चुनावी चहलपहल सुरु गरिसकेका छन् । राष्ट्रिय जनता पार्टी राजपाको केन्द्र मानिएको यस जिल्लामा एक जना मात्र अध्यक्ष मण्डलका नेता महेन्द्र राय सर्लाही–२ बाट चुनावी मैदानमा छन् । रापजाका अन्य ठूला नेताले भने गृह जिल्ला सर्लाही छाडेर चुनाव जित्न सजिलो हुने स्थानतर्फ बसार्इ सरेका छन्। यस पटक जिल्लाका अरु तीन निर्वाचन क्षेत्रमा राजपाका केन्द्रीय तहका नेताले थाकथलो छोडेपछि स्थानीय नेताले सहभागिता जनाएका छन् ।

राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर महोतरी ३ र अर्को नेता राजेन्द्र महतो धनुषा १ बाट चुनावी मैदानमा देखिनु भएको छ । राजपाका ठूला नेताले जिल्ला छाडेपछी सर्लाही जिल्लामा राजपाको उपस्थिती कमजोर हुने अनुमान सुरु भएको छ ।

यसअघिको सविधानसभा चुनावमा राजपाका अध्यक्ष महन्थ ठाकुर सर्लाही ६ र  नेता राजेन्द्र महतो सर्लाही ४ बाट सविधानसभा चुनावमा सहभागी भएका थिए । महतो २०६४ को चुनावमा सद्भावनाबाट निर्वाचित हुनुभएको थियो भने ७० सालको चुनावमा हालका राजपाका नेता महेन्द्र रायसँग पराजित भएका थिए ।

अध्यक्ष ठाकुर २०६४ को संविधानसभा चुनावमा सर्लाही ६ बाट अहिलेका वाम गठबन्धनका उम्मेदवार शिवपुजन रायसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक