कात्तिक २४, पर्बत | आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पर्वतको प्रदेशसभा क्षेत्र १ ९क०बाट वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २४, पर्बत | आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पर्वतको प्रदेशसभा क्षेत्र १ ९क०बाट वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

“पर्वतवासीको शिर झुक्न दिन्न मलाई मत दिनुहोस”- उम्मेदवार अधिकारी

२४ कार्तिक २०७४, शुक्रबार ०९:१५

कात्तिक २४, पर्बत | आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पर्वतको प्रदेशसभा क्षेत्र १ ९क०बाट वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नेत्र अधिकारीले जिल्लाको समग्र विकास गरी पर्वतलाई मुलुककै नमुना जिल्ला बनाउने अठोट गर्नुभएको छ । 

जिल्लाको साधनस्रोतको समुचित रुपमा परिचालन गरेर विकासको लहर ल्याउने योजना वाम गठबन्धनले वनाएको बताउँदै उहाँले प्रदेशमा मूख्य मन्त्री र केन्द्रमा स्पष्ट बहुमत सहितको सरकार निर्माण गर्नका लागि मत दिन प्रदेश नम्बर १ का मतदाता समक्ष अपिल गर्नुभएको छ ।

वाम गठबन्धनको संयुक्त प्रचार टोलीले सहित बुधवार जलजला गाउँपालिका ७ धाइरिङमा घरदैलो र कार्यकर्ता भेटघाटमा आउनुभएका उम्मेदवार अधिकारीले पर्वतमा यसपटक वामपन्थीको विजयलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गर्नुभयो । पैसा बाडेर चुनाव जित्ने सपना कसैले नदेख्न उहाँले चेतावनी दिनुभयो । चुनावका समयमा हुने अवान्छीत गतिविधिलाई वाम गठबन्धनले शसक्त प्रतिरोध गर्ने उद्घोष गर्नुभयो । हामी जनताको मन जितेर विजयी हुन्छौ उम्मेदवार अधिकारीले भन्नुभयो,‘धनवाद र डनवादलाई यो निर्वाचनमा जनताले पाखा लगाउँछन् ।’ मिलनचोक,सल्यान,वास्कोट र धारापानीमा क्षेत्रका मतदाताहरुलाई भेटघाट र घरदैलो गरेर वाम गठबन्धनलाई मतदान गर्न उहाँले आग्रह गर्नुभएको छ । मिलनचोक र सल्यानमा भएको कोणसभामा उम्मेदवार अधिकारीले राजनीतिक स्थीरता कायम गरि मुलुकलाई विकास र समृद्धिको दिशामा लैजानका लागि वामपन्थीहरु विच गठबन्धन निर्माण भएको बताउनुभयो । आगमी निर्वाचनमा वाम गठबन्धनले दुइतिहाई ल्याउने उम्मेदवार अधिकारीले ठोकुवा गर्नुभयो ।

मिलनचोक बजारलाई संरक्षण गर्न तटबन्धन निर्माणका लागि आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कृषि खेतीको आधुनिकिकरण र व्यवसायिकरण लागि वामगठबन्धनले योजना बनाएको बताउँदै उम्मेदवार अधिकारीले जलजलामा सिँचाई,खानेपानी,शिक्षा स्वास्थ्य र ग्रामिण सडकको सुधारका लागि विशेष कार्ययोजना बनाएर काम गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर वि पौडेल,माओवादीका गुप्तहमाल,नेकपा एमाले पर्वतका उपसचिव गोविन्द पहाडी, मेघनाथ शर्मा,पूर्व उपसचिव उदय सुवेदी र माओवादी केन्द्रका तर्फबाट समानुपातिक उम्मेदवार मनरुपा सुवेदी लगायतले वाम गठबन्धनलाई मत दिन अनुरोध गर्नुभएको थियो । प्रचार टोलीमा माओवादी जलजला गाउँपालिकाका अध्यक्ष दिपक आचार्य,वडा अध्यक्ष टुङनाथ आचार्य र स्थानीय नेता तथा कार्यकर्ताहरु सहभागि छन् ।

निर्वाचन परिचालन कमिटि जलजलाका संयोजक लाल वहादुर अधिकारीको अध्यक्षता माओवादी केन्द्र धाइरिङका अध्यक्ष हरि आचार्यको सञ्चालन र वाइसिएल नेपालका केन्द्रिय सदस्य लोकराज आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । चुनावी अभियानका टोलीलाई धाइरिवासीहरुले फुलमाला र अविरले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन