2026-10-15 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

निर्वाचनको मुखैमा नेमकिपाबाट १८ जना नेता/कार्यकर्ताले दिए सामुहिक राजिनामा

कात्तिक २४, जुम्ला | आसन्न प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मुखैमा १८ जना नेता कार्यकर्ताले नेमकिपा जुम्लाबाट राजिनामा दिएका छन् । निर्वाचन नजिकिदै जाँदा १८ जना नेता कार्यकर्ताले संयुक्त राजिनामा दिएका हुन् । 

नेपाल क्रान्तिकारी शिक्षक संघका पुर्व केन्द्रीय प्रतिनिधि प्रयागदत्त उपाध्याय लगाएत १८ जनाले संयुक्त रुपमा नेमकिपाको साधारण सदस्य समेत नरहने गरी संयुक्त राजिनामा हुलाक मार्फत पार्टि कार्यालय जुम्लामा पठाएका छन् । राजिनामाको बिषयमा रेडियो कर्णालीलाई लिखित जानकारी दिदै नेपाल क्रान्त्तिकारी युवा संघका पुर्व केन्द्रीय सदस्य जगनाथ उपाध्यायले नेमकिपाले समाजबादि आन्दोलनको नारा मात्र लगाएतको आरोप लगाउनुभयो । समाजबादको एजेण्डा उठाएपनि रुपान्तरीत हुन नचाहने नेमकिपाले समाजबाद स्थापना गरेर जनतालाई न्याय दिन नसक्ने उहाँको भनाइ छ । 

राजिनामा पछि नेपाल क्रान्तीकारी किसान संघका सदस्य लक्ष्मीचन्द्र उपाध्यायले नेमकिपा पाटिको अगुवाई गर्ने नेताहरु यथास्थीतिबादि रहेको आरोप लगाउदै परिस्थीति अनुसार रुपान्तरीत हुन नचाहने भएकाले नेमकिपामा बसेर समाजका लागि केहि गर्न नसक्ने देखेर सामुहिक राजिनामा पेश गरेको बताउनुभयो । 

राजिनामा दिएका कार्यकर्ताहरुले अन्य पाटिमा प्रवेश गर्ने भन्ने प्रश्नमा कुनै विचार ब्यक्त गरेका छैनन् । तर नेमकिपाको एजेण्डा र सिद्धान्त ठिक रहेपनि नेतृत्व तह ठिक नरहेको उनिहरुको आरोप छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए