२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवालाई राष्ट्रियताको चिन्ता छैन्: मोहनविक्रम सिंह

२०७४, २४ कार्तिक शुक्रबार १४:१३

ललित बोहरा/कात्तिक २४, डडेल्धुरा । मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाका कारणले राष्ट्रियता खतरामा पारेको आरोप लगाएका छन् ।

डडेल्धुरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले देउवा अंगीकृत नागरिकलाई वंशज नागरिकसरह अधिकार दिनुपर्ने मागका साथ अगाडि बढिरहेको बताएका हुन् । उनले प्रधानमन्त्री भारतको इशारामा चलिरहेको आरोप लगाएका छन् ।

‘प्रजातान्त्रिक दिशामा त देउवाको बारम्बारको प्रतिगमनको इतिहास छँदैछ’ उनले भने, राष्ट्रियताको विषयमा पनि उनले एउटा गम्भीर प्रकारको षड्यन्त्र रच्दै आएका छन् ।’ उनले अहिलेको स्थितीमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनलाई पराजित गर्नु पर्ने जिकिर गरेका छन् ।

देउवाले यसपटक पनि चुनाव जिते देश नै खतरामा पर्ने उनको भनाइ छ । विभिन्न समयमा कांग्रेससँग आफ्नो पार्टीको कार्यगत एकता भएको बताउँदै उनले तर शेरबहादुरको नीति बेग्लै हुँदा देउवाले देशको राष्ट्रियता खतरा पार्न खोजिरहेको आरोप लगाए । देउवाले राष्ट्रलाई प्रतिगमनको दिशातिर उन्मुख गराइरहेको उनको तर्क छ ।

सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दवाबमा राप्रपा र नेपाली कांग्रेस हिन्दू राष्ट्र बनाउने पक्षमा रहेको समेत आरोप लगाएका छन् । ‘राप्रपा हिन्दू राष्ट्र हुनु पर्छ भनेर ठूलो पर्यत्न गरिरहेको छ’ महामन्त्री सिंहले भने, नेपाली कांग्रेस भित्र पनि ठूलो सर्कल हिन्दू राष्ट्र हुनु पर्छ भन्ने पक्षमा छ ।’ 

उनीहरुको हिन्दू राष्ट्र बनाउनु पर्छ भन्ने प्रमुख उदेश्य राजा पुनःस्थापन गराउन भएको उनको दाबी छ । उनले अहिलेको वाम गठबन्धनसँग पनि आफ्नो पार्टीको ठूलो मतभेद रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले