कात्तिक २४, काठमाडौँ (रासस) | यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् । 

यहाँ आज सम्पन्न प्रतियोगितामा आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २४, काठमाडौँ (रासस) | यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् । 

यहाँ आज सम्पन्न प्रतियोगितामा आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मिस टुरिज्म’ को ताज आरतीलाई (फोटो फिचर)

२०७४, २४ कार्तिक शुक्रबार १७:३३

कात्तिक २४, काठमाडौँ (रासस) | यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् । 

यहाँ आज सम्पन्न प्रतियोगितामा आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज चुमेकी हुन् । त्यसैगरी मिस टुरिज्म फस्ट रनर अपमा काठमाडौँकी कृष्टिना श्रेष्ठ र सेकेण्ड रनर अपमा काठमाडौँकै एन्जी लामा विजयी भए । 

डेनमार्कबाट बजार व्यवस्थापनमा स्नातक थापा पछिल्लो समय मोडलिङ क्षेत्रमा पनि सक्रिय छिन् । सिद्धार्थ वनस्थलीबाट विद्यालय तहको शिक्षा आर्जन गरेकी थापाले प्रिमियर कलेजबाट दश जोड दुई अध्ययन गरेकी छन् । उनले पर्यटन र मोडलिङ क्षेत्रमा जम्ने सानैदेखिको सपना साकार पार्न भविष्यमा यही क्षेत्रमा क्रियाशील हुने राससलाई बताइन् । 

त्यस्तै फस्ट रनर अप श्रेष्ठ ‘पब्लिक हेल्थ’ विषयमा स्नातक हुन् । पब्लिक हेल्थ र मेडिकल टुरिज्मलाई अघि बढाउने योजना उनले सुनाइन् । ताज विजेता थापाले रु ५० हजार तथजा फस्ट रनरअप श्रेष्ठले रु ३० हजार र सेकेण्ड रनरअप लामाले रु २० हजार हात पारे । 

अघिल्लो वर्ष मिस टुरिज्म–२०१६ को उपाधि ओरुषा थापाले जितेकी थिइन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्वाइन्ट मिडिया प्रालिले प्रतियोगिता आयोजना गरेको हो । ताज विजेतालाई नेपालस्थित विभिन्न संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गरिने प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताउनुभयो । 

तश्विरमा: प्वाइन्ट मिडियाद्वारा शुक्रबार राजधानीमा आयोजित ‘मिस टुरिजम २०१७’ प्रतियोगिताका विजेता पोखराकी आरती थापा तथा फस्ट रनर अप र सेकेण्ड रनर अपमा विजयी हुनुभएका क्रमशः काठमाडौँकी कृष्टिना श्रेष्ठ तथा एन्जी लामा । तस्बिरः नविन पौडेल, रासस

प्वाइन्ट मिडियाद्वारा शुक्रबार राजधानीमा आयोजित ‘मिस टुरिजम २०१७’ प्रतियोगितामा विजेता हुनुभएका पोखराकी २२ वर्षीय आरती थापा लाई ताज लगाइदिंदै । तस्बिरः नविन पौडेल, रासस

प्वाइन्ट मिडियाद्वारा शुक्रबार राजधानीमा आयोजित ‘मिस टुरिजम २०१७’ प्रतियोगितामा प्रस्तुती दिदैँ प्रतियोगिहरु । तस्बिर: नवीन पौडेल , रासस

प्वाइन्ट मिडियाद्वारा शुक्रबार राजधानीमा आयोजित ‘मिस टुरिजम २०१७’ प्रतियोगितामा प्रस्तुती दिदैँ प्रतियोगिहरु । तस्बिर: नवीन पौडेल , रासस

प्वाइन्ट मिडियाद्वारा शुक्रबार राजधानीमा आयोजित ‘मिस टुरिजम २०१७’ प्रतियोगितामा प्रस्तुती दिदैँ प्रतियोगिहरु । तस्बिर ः नवीन पौडेल , रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै