२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार पूर्वसभामुख चुनावी प्रतिस्पर्धामाः कसको स्थिति के छ ?

२५ कार्तिक २०७४, शनिबार ०२:१०

कात्तिक २५, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वसभामुख चुनावी मैदानमा छन् । 

नेपालको इतिहासमा ६ जना पूर्वसभामुख रहेकोमा नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ । उनी विसं २०१५ सालको निर्वाचनपछिको संसद्मा सभामुख थिए।

जीवित रहेका पाँच जना पूर्व सभामुखमध्ये तारानाथ रानाभाटबाहेक चार जनाले फेरि संसद्मा जाने चाहनासहित उम्मेदवार बनेको छन् । तीमध्ये तीन जना प्रत्यक्ष र एक जना समानुपातिक उम्मेदवार छन्।

विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालको प्रतिनिधिसभाका सभामुख दमननाथ ढुङ्गानाले २३ वर्षपछि फेरि संसद्मा पुग्न प्रतिस्पर्धा गर्दै छन्।

काठमाडौँको बत्तीसपुतलीका वासिन्दा ढुङ्गाना भक्तपुरको क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका हुन्। यसबीचमा उनी शान्ति, मानव अधिकार र सङ्क्रमणकालीन न्यायको क्षेत्रमा लागेका थिए।

प्रतिस्पर्धा वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री महेश बस्नेतसँग ढुङ्गानाको हुँदैछ । नेपाल मजदुर किसान पार्टीका निवर्तमान सांसद् अनुराधा थापासमेत गरी १३ जना उम्मेदवार सो क्षेत्रमा उम्मेदवार छन्। ढुङ्गानापछिका सभामुख रामचन्द्र पौडेल तनहुँ–१ बाट नेपाली काँग्रेसको उम्मेदवार बनेका छन्। उनी २०४८ देखिका सबै संसदीय तथा संविधान सभाका दुवै निर्वाचनमा जित हासिल गर्दै हुन्।

उनको मुख्य प्रतिस्पर्धा वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग हुने देखिएको छ। पौडेलविरुद्ध वागी उम्मेदवारी दिएका नेपाली काँग्रेसकै पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिसकेको छ। यसले पौडेललाई निर्वाचन अलि सहज बनाइदिएको भए पनि सो क्षेत्रमा अरू नौ जना उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।

पौडेलपछिका सभामुख तारानाथ रानाभाट भने प्रतिस्पर्धामा छैनन्। रानाभाटपछि दुई कार्यकाल सभामुख रहेका सुवास नेम्वाङ इलाम–२ बाट वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार बनेका छन् । उनका प्रमुख प्रतिस्पर्धीमा नेपाली काँग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री केशव थापा छन्। उनीहरूसँगै अन्य १० जना प्रतिस्पर्धी छन्।

निवर्तमान सभामुख ओनसरी घर्तीमगर पनि प्रतिनिधिसभामा पुनः आउन उम्मेदवार बनेकी छन्। तर, अन्य पूर्व सभामुखभन्दा भिन्न उनी समानुपातिक सूचीबाट उम्मेदवार बनेकी छन्। नेकपा माओवादी (केन्द्र) ले उनलाई समानुपातिक सूचीमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य