2026-09-19 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार पूर्वसभामुख चुनावी प्रतिस्पर्धामाः कसको स्थिति के छ ?

कात्तिक २५, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वसभामुख चुनावी मैदानमा छन् । 

नेपालको इतिहासमा ६ जना पूर्वसभामुख रहेकोमा नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ । उनी विसं २०१५ सालको निर्वाचनपछिको संसद्मा सभामुख थिए।

जीवित रहेका पाँच जना पूर्व सभामुखमध्ये तारानाथ रानाभाटबाहेक चार जनाले फेरि संसद्मा जाने चाहनासहित उम्मेदवार बनेको छन् । तीमध्ये तीन जना प्रत्यक्ष र एक जना समानुपातिक उम्मेदवार छन्।

विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालको प्रतिनिधिसभाका सभामुख दमननाथ ढुङ्गानाले २३ वर्षपछि फेरि संसद्मा पुग्न प्रतिस्पर्धा गर्दै छन्।

काठमाडौँको बत्तीसपुतलीका वासिन्दा ढुङ्गाना भक्तपुरको क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका हुन्। यसबीचमा उनी शान्ति, मानव अधिकार र सङ्क्रमणकालीन न्यायको क्षेत्रमा लागेका थिए।

प्रतिस्पर्धा वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री महेश बस्नेतसँग ढुङ्गानाको हुँदैछ । नेपाल मजदुर किसान पार्टीका निवर्तमान सांसद् अनुराधा थापासमेत गरी १३ जना उम्मेदवार सो क्षेत्रमा उम्मेदवार छन्। ढुङ्गानापछिका सभामुख रामचन्द्र पौडेल तनहुँ–१ बाट नेपाली काँग्रेसको उम्मेदवार बनेका छन्। उनी २०४८ देखिका सबै संसदीय तथा संविधान सभाका दुवै निर्वाचनमा जित हासिल गर्दै हुन्।

उनको मुख्य प्रतिस्पर्धा वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग हुने देखिएको छ। पौडेलविरुद्ध वागी उम्मेदवारी दिएका नेपाली काँग्रेसकै पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिसकेको छ। यसले पौडेललाई निर्वाचन अलि सहज बनाइदिएको भए पनि सो क्षेत्रमा अरू नौ जना उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।

पौडेलपछिका सभामुख तारानाथ रानाभाट भने प्रतिस्पर्धामा छैनन्। रानाभाटपछि दुई कार्यकाल सभामुख रहेका सुवास नेम्वाङ इलाम–२ बाट वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार बनेका छन् । उनका प्रमुख प्रतिस्पर्धीमा नेपाली काँग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री केशव थापा छन्। उनीहरूसँगै अन्य १० जना प्रतिस्पर्धी छन्।

निवर्तमान सभामुख ओनसरी घर्तीमगर पनि प्रतिनिधिसभामा पुनः आउन उम्मेदवार बनेकी छन्। तर, अन्य पूर्व सभामुखभन्दा भिन्न उनी समानुपातिक सूचीबाट उम्मेदवार बनेकी छन्। नेकपा माओवादी (केन्द्र) ले उनलाई समानुपातिक सूचीमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो