Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका बेसाहारा बादी बालिकाको उद्धार

२०७४, २५ कार्तिक शनिबार ०९:१८

सम्राट सिंह/कात्तिक २५, बझाङ । आमा बेपत्ता भएको शोकमा बाबु पनि मदिराको कुलतमा लागे पछि वेसाहारा बनेका दुइ जना बादी बालिकाको उद्धार गरिएको छ । 

उद्धार गरिएका बालिकाहरुलाई स्थानिय एक निजी स्कुलमा आवासिय सुविधा सहित राखिएको छ । जयपृथ्वी नगरपालिका १० की रमा बादी दुई वर्ष अघि बेपत्ता भए पछि उनका पति बम्म बादी अत्याधिक मदिरा सेवन गर्न थालेका थिए । बाबु पनि रात दिन मदिरा मै भुलेर घर आउनै छोडे पछि उनका दुइजना छोरीहरु ८ वर्षिया सर्मिला बादी र ५ वर्षकी अमिता बादीको विचल्ली भएको थियो । 

विचल्लीमा परेका बालिकाको उद्धारको लागी स्थानिय महिला अधिकारकर्मी आसा विकले विभिन्न ठांउमा पहल गरे पछि परिर्वतनका लागी सहकार्य नामक गैर सरकारी संस्थाले दुबै जनालाई उच्च शिक्षा सम्म अध्ययनको लागी सहयोग गर्ने र सम्पुर्ण खर्च व्यहोर्ने गरी विद्यालयमा भर्ना गरिएको हो । 

विचल्लीमा परेका बादी बालबालीकाको सम्पुर्ण खर्च आफ्नो संस्थाले तिरिदिने गरी सदरमुकाम चैनपुरका रहेको मेरिगोल्ड इङलिस बोर्डिङ स्कुलमा उनिहरुलाई भर्ना गरिएको परिर्वतनका लागी सहकार्य संस्थाकी अध्यक्ष इन्दिरा घलेले बताईन । उनले बालिकाको उच्च शिक्षा र त्यस पछिको रोजगारीका लागी पनि संस्थाले सहयोग गर्ने जानकारी दिइन । 


आमाबाबु दुबैको माया नपाएर विचल्लीमा परेकी बालिकाहरु आवासिय सुविधा सहित पढन पाउने भए पछि निकै खुशी भएका छन । आठ वर्षिया सर्मिलाले खुशी हुदै भनिन ‘ कहिले कसैले दिएको खानकुरा खान्थ्यौ । कसैले नदिए होटलको वरीपरी फालेको खानेकुरा पनि खायौ । 

केही नपाएको दिन भोकै सुत्थ्यौ । अब त खान पनि पाइने भो । पढन पनि पाइने भो’ उनकी आमा रमाले दुइ वर्ष अघि आफु भारतको मुम्बईमा रहेको भनेर फोन गरेको र त्यस पछि सम्पर्क विहिन भएको स्थानिय राधा बादीले बताइन । 

दलितहरु भित्र पनि निकै विपन्न अवस्थामा रहेका बादी समुदायका बालबालिकाहरु अहिले पनि विद्यालयमा नियमित रुपमा जाने गरेका छैनन । पुरुषहरु सधै मदिराको मातमा हुने र महिलाहरुले यौन व्यवसाय गरेर परिवार पाल्नु पर्ने बाध्यता यो समुदायमा अझै पनि कायमै छ । 

सानै उमेरमा गुजाराको लागी यौन व्यवसाय गर्नु पर्ने बाध्यता रहेका कारण यस समुदायका बालिकाहरु बढी जोखिममा रहेको र उनिहरु सबैलाई आबासिय शिक्षाको व्यवस्था हुन सके मात्र पछिल्लो पुस्तामा गएर यो समुदायमा परिर्वतन हुने दलित महिला संघ बझाङकी अध्यक्ष समेत रहेकी अधिकारकर्मी आशा विकको भनाई छ । 

उनी भन्छिन ‘बादीका सबै बालबालिका जोखिममा छन । त्यो मध्ये पनि बालिकाहरुमा सानै उमेरमा पनि यौन कर्ममा लाग्नु पर्ने बाध्यता छ । अहिलेको युगमा यो भन्दा ठुलो मानविय कलंक केही हुन सक्दैनन’ बादी बालबालिकाहरुलाई कम्तीमा माध्यमिक तह सम्म आवासिय विद्यालयमा राखेर अध्ययनको व्यवस्था गर्न सके उनिहरुको जिवनस्तर परिर्वतनमा सहयोग पुग्न सक्ने धेरैको तर्क छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी