२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इटहरीलाई प्रदेश एकको राजधानी बनाउन माग

२५ कार्तिक २०७४, शनिबार १०:२५

कात्तिक २५, इटहरी । प्रदेश एकको राजधानीका लागि आवश्यक सम्पूर्ण पूर्वाधारसहित प्रदेशवासी सवैको केन्द्र भागमा सुगमता समेतमा रहेको इटहरीलाई केन्द्रबिन्दु बनाएर घोषणा गर्न दबाब दिनका लागि आज इटहरीमा बृहत् प्रदर्शन गरिएको छ । 

इटहरीदेखि करिब २० किलोमिटर क्षेत्रमा पर्ने पूर्वपश्चिम उत्तर र दक्षिणका भू–भागलाई समेटेर इटहरीलाई प्रदेशको राजधानी बनाउन उपयुक्त स्थानका रुपमा छनोट गर्नु वैज्ञानिक हुने भन्दै यहाँका सम्पूर्ण राजनीतिक दल, व्यापारी ,बुद्धिजीवी ,सञ्चारकर्मी ,उद्योगी र सर्वसाधारण एवं नागरिक समाजसमेतले त्यसमा ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा सहभागिता जनाएका छन् । 

इटहरी उपमहानगरपालिकाको प्राङ्गणमा भेला भएर निक्लिएको बृहत् दबाब ¥यालीले उपमहानगरको मुख्यमुख्य स्थानको परिक्रमापछि चोकमा आएर दबाब ¥याली कोणसभामा परिणत भएको थियो । बृहत् ¥यालीमा ठूला राजनीतिक दलका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारसमेतको सक्रिय सहभागिता रहेको थियो । 


प्रदेशको राजधानी इटहरीलाई घोषणा गर्न निकालिएको ¥यालीपछि भएको कोणसभामा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्यकी नेकपा(एमाले)का उम्मेदवार भगवती चौधरीले पार्टीद्वारा यसअघि नै इटहरी प्रदेश राजधानीका रुपमा स्वीकार गरी सकिएकाले त्यसमा आफूले के गर्दा सहजता हुन्छ त्यसका लागि आफू तयार भएको बताउनुभयो । 

कोणसभामा नेपाली काँग्रेसका क्षेत्र नम्बर २ को प्रदेशसभा क का उम्मेदवार हेमकर्ण पौडेल, एमालेका तर्फबाट प्रदेशसभाकै क क्षेत्रका उम्मेदवार एव)ं इटहरीका पूर्वप्रमुख सर्वध्वज सावाँ , क्षेत्र ३ क का उम्मेदवार लिलम बस्नेतलगायतले पनि इटहरी प्रदेश १ को राजधानीका रुपमा उचित र सबैका लागि पायक पर्ने र मावन सम्यताका दृष्टिकोणले पनि सबैका लागि मान्ने हुने भएकाले आफूहरु तयार रहेको कुरामा जोड दिनुभयो । 

कोणसभामा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, पूर्वसांसद सुनिता परियार, कल्पना चौधरी, नागरिक समाजका अध्यक्ष कमलेश शर्मा पौडेल, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टलगायतले पनि इटहरीलाई राजधानी घोषणा गराउन राज्यलाई जे जस्तो दबाब दिन गरिने कार्यक्रममा सक्रिय रहने प्रतिबद्धता जाहेर गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य