२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इटहरीलाई प्रदेश एकको राजधानी बनाउन माग

२०७४, २५ कार्तिक शनिबार १०:२५

कात्तिक २५, इटहरी । प्रदेश एकको राजधानीका लागि आवश्यक सम्पूर्ण पूर्वाधारसहित प्रदेशवासी सवैको केन्द्र भागमा सुगमता समेतमा रहेको इटहरीलाई केन्द्रबिन्दु बनाएर घोषणा गर्न दबाब दिनका लागि आज इटहरीमा बृहत् प्रदर्शन गरिएको छ । 

इटहरीदेखि करिब २० किलोमिटर क्षेत्रमा पर्ने पूर्वपश्चिम उत्तर र दक्षिणका भू–भागलाई समेटेर इटहरीलाई प्रदेशको राजधानी बनाउन उपयुक्त स्थानका रुपमा छनोट गर्नु वैज्ञानिक हुने भन्दै यहाँका सम्पूर्ण राजनीतिक दल, व्यापारी ,बुद्धिजीवी ,सञ्चारकर्मी ,उद्योगी र सर्वसाधारण एवं नागरिक समाजसमेतले त्यसमा ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा सहभागिता जनाएका छन् । 

इटहरी उपमहानगरपालिकाको प्राङ्गणमा भेला भएर निक्लिएको बृहत् दबाब ¥यालीले उपमहानगरको मुख्यमुख्य स्थानको परिक्रमापछि चोकमा आएर दबाब ¥याली कोणसभामा परिणत भएको थियो । बृहत् ¥यालीमा ठूला राजनीतिक दलका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारसमेतको सक्रिय सहभागिता रहेको थियो । 


प्रदेशको राजधानी इटहरीलाई घोषणा गर्न निकालिएको ¥यालीपछि भएको कोणसभामा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्यकी नेकपा(एमाले)का उम्मेदवार भगवती चौधरीले पार्टीद्वारा यसअघि नै इटहरी प्रदेश राजधानीका रुपमा स्वीकार गरी सकिएकाले त्यसमा आफूले के गर्दा सहजता हुन्छ त्यसका लागि आफू तयार भएको बताउनुभयो । 

कोणसभामा नेपाली काँग्रेसका क्षेत्र नम्बर २ को प्रदेशसभा क का उम्मेदवार हेमकर्ण पौडेल, एमालेका तर्फबाट प्रदेशसभाकै क क्षेत्रका उम्मेदवार एव)ं इटहरीका पूर्वप्रमुख सर्वध्वज सावाँ , क्षेत्र ३ क का उम्मेदवार लिलम बस्नेतलगायतले पनि इटहरी प्रदेश १ को राजधानीका रुपमा उचित र सबैका लागि पायक पर्ने र मावन सम्यताका दृष्टिकोणले पनि सबैका लागि मान्ने हुने भएकाले आफूहरु तयार रहेको कुरामा जोड दिनुभयो । 

कोणसभामा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, पूर्वसांसद सुनिता परियार, कल्पना चौधरी, नागरिक समाजका अध्यक्ष कमलेश शर्मा पौडेल, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टलगायतले पनि इटहरीलाई राजधानी घोषणा गराउन राज्यलाई जे जस्तो दबाब दिन गरिने कार्यक्रममा सक्रिय रहने प्रतिबद्धता जाहेर गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने