३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारको भोट माग्ने तरिका देख्दा मतदाता फुरुङ्ग

२५ कार्तिक २०७४, शनिबार १०:३९

कात्तिक २५, काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको मतदानको मिति नजिक आइरहेको अवस्थामा मुलुक अहिले निर्वाचनमय भएको छ । 

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेससभा सदस्यको निर्वाचनको प्रचारप्रसारले अहिले निकै तीव्रता पाएको छ । निर्वाचनको प्रचारप्रसारको समाचारले अहिले अखबारका पाना भरिपूर्ण छन् भने रेडियो/टेलिभिजनका सबैजसो कार्यक्रम र गतिविधि निर्वाचन केन्द्रित रहेको पाइएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक तथा प्रत्यक्ष दुवै निर्वाचन प्रणालीका ११ हजार २७९ उम्मेदवार मतदातालाई आफू, आफ्नो दल र गठबन्धनको पक्षमा मत तान्न मतदाताको घरदैलो अभियानमा छन् । 

अघिपछि चिनेको नचिने झैँ गर्ने नेता एकाबिहानै विभिन्न साइनो जोडेर एक्कासि ढोका अघिल्तिर हात जोडेर भोट माग्न आएको देख्दा मतदाता फुरुङ पर्ने गरेका दृश्य बाक्लै देखिएको छ । कहिलै चिनजान नभएका व्यक्तिले एक्कासि चिन्नु भो ? भनी साइनो लगाउँदा कतिपय मतदाता त छक्क पर्ने गरेका छन् । 

मतदाताले खासगरी स्थान विशेष खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ, रोजगारी, सडकका मुद्दा अघि सार्दै त्यसको सुनिश्चित गर्ने उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता जनाएको भेटिएको छ । मुलुकमा पछिल्लो समय दलबीच भएको चुनावी गठबन्धनले आफूहरुलाई खासै असर नपरेको बताउँदै धरैजसो मतदाताले दल विशेषभन्दा पनि जनहितको पक्षमा काम गर्नेलाई मतदान गर्ने जनाउ दिएका छन् । 

निर्वाचनको प्रचारप्रसारमा जुटेका नेता, कार्यकता र उम्मेदवार बालिनाली भित्र्याउन व्यस्त रहेका मतदातालाई भेट्न पाखा, पखेरा, र खलामा हुलका साथ पुगिरहेका छन् । कतिपय उम्मेदवारले मत आफ्नो पक्षमा ल्याउन धान काट्ने, कोदो टिप्नेदेखि हलो जोत्ने कार्यमा समेत सहयोग पु¥याउने गरेको भेटिएको छ । 

नवराज सिलवाल ललितपुरका एक किसानको खेतमा धान काट्दै ।

भोट माग्ने क्रममा कतिपय नेता तथा उम्मेदवारले पूरा गर्ने नसक्ने आवश्सासन दिइरहेका तथा कतिपयले भने मतदातालाई प्रभाव पार्ने खालका गतिविधि सञ्चालन गरेको विषय आम सञ्चारका माध्यमबाट सार्वजनिक हुँदै आएको छ । 

प्रतिनिधिसभाको पहिलो हुने विजयी हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले निर्वाचमा अधिकतम रु २५ लाख खर्च गर्न पाउने गरी खर्चको सीमा तोकिएको छ भने सोही निर्वाचन प्रणालीतर्फ प्रदेशसभाको उम्मेदवारले रु १५ लाख सम्म खर्च गर्न पाउनेछन् । 

त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रतिनिधिसभा उम्मेदवारले रु दुई लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले प्रति उम्मेदवार रु एक लाख ५० हजार खर्च गर्न पाउने कानूनी व्यवस्था रहेको छ । 

निर्वाचन आयोगले सबै उम्मेदवारले समान ढंगबाट निर्वाचनको प्रचारप्रसारको अवसर प्राप्त होस् र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउने हेतुले निर्वाचन आचारसंहिता उलंघन गर्ने बिरुद्ध शून्य सहनशीलताको नीति अपनाउने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

आगामी प्रतिनिधिसा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ ४९ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् भने प्रत्यक्षतर्फ ८८ राजनीतिक दलले भाग लिएका छन् । आगामी दुवै चरणको निर्वाचनमा मतदान गर्न पाउने मतदाताको संख्या एक करोड ५४ लाख २७ हजार ९३४ रहेको छ । 

पछिल्लो समय खर्च गर्न पाउने सीमाभन्दा निक्कै धरै उम्मेदवारबाट पैसाको चलखेल भएको सूचना पाएको जनाउँदै आयोगले त्यस्ता उम्मेदवारको निगरानी राख्न सरोकारवाला निकायलाई निर्देशन समेत दिइसकेको छ । 

निर्वाचन आचारसंहिता उलंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्दसम्म गर्ने चेतावनी दिँदै निर्वाचनको अनुगमन र कारबाहीलाई चुस्त तुल्याउने अठोट व्यक्त गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट