Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ कार्तिक २७ गते, अपराह्न ४:१९ बजे काठमाडौँ - KTM, खोटाङ्ग - KTG, राजनीति

खोटाङमा नेकपाद्वारा मेयरदेखी उम्मेद्वारसम्मका घर-जग्गा कब्जा

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा/कार्तिक २७, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईको घर, जग्गा र सम्पत्ति नेपाल कम्युनिस्ट पार्टी खोटाङले नियन्त्रणमा लिएको छ ।

नगरप्रमुख राईको घरमा कात्तिक २५ गते शनिवार राति कसैले थाहा नपाउनेगरी विज्ञप्ती टाँसी घर, जग्गा र सम्पत्ति नियन्त्रणमा लिएको उसले जनाएको हो ।

नेकपा खोटाङ सेक्रेटरीद्वारा जारी विज्ञप्तीको पुछारमा उल्लेख छ, ‘खोटाङ जिल्लाका जनतालाई गुन्डा र पैसाको बलमा चुनाव जितिसकेर देश लुट्न लागि परेका खोटाङ जिल्ला मंगलटार गाविस वडा नं. २ निवासी राई, दलाल संसदीय व्यवस्थाको मत्यार बनेको हुँदा निजको स्वामित्वमा रहेका सम्पूर्ण घर, जग्गा, सम्पत्ति हाम्रो पार्टीको नियन्त्रणबाट जनताले उपभोग गर्ने कुरा सम्पूर्णमा जानकारी गरिन्छ ।’ विज्ञप्तीमा उल्लेख गरिएकोे छ ।

हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख राईको आँगनमा पार्टीको झन्डा गाडेको र घरको भित्तामा विज्ञप्ति टाँसिएको छ । नगरप्रमुख राईले बिहान उठ्दामात्रै आँगनमा झन्डा गाडेको र विज्ञप्ति टाँसेको आफुले थाहा पाएको बताउँनुभयो ।

उहाँका अनुसार “नेकपा कार्यकर्ताले आधा सत्ता सञ्चालन गर्ने भन्दै स्थानीय तहमा विनियोजित आधा बजेट माग गर्दै आएका थिए । उनिहरुले प्रत्यक्ष टेलिफोन गरेर समेत आसन्न निर्वाचन प्रचारप्रसारमा नहिँड्नसमेत सुझाएका थिए ।”

यस्तै, नेत्रविक्रम चन्द विप्लव समुहले प्रदेशसभा (क)का कांग्रेस उम्मेद्वार सुवासकुमार पोखरेल, राप्रपाका नेता चन्द्रसिं वस्नेत र उनका छोरा गिरीराज बस्नेतको घर जग्गा कब्जा गरेको नेपाल कम्न्युष्ट पार्टीको विज्ञप्तीमा उल्लेख रहेको छ ।

चुनावको मुखमा विविध कार्यक्रम र चुनावीसभामा व्यास्त प्रदेशसभाका (क)का उम्मेद्वार पोखरेलले कब्जा वारेमा जानकारी नभएको बताएका छन् । आगामी मंसिर १० गते हुने निर्वाचन प्रभाव पार्नका लागि श्रृङखलावद्धरुमा भईरहेको अराजक गतिविधिलाई निर्मुलन गर्न दोषीहरुको खोजी भईरहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । निर्वाचन विफल बनाउन बिप्लव समुहले घर जग्गा कब्जा गर्न थालेको अनुमान गरिएको छ ।