
काठमाडौँ | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार साँझसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ।
त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा गरिएको थियो।