2026-10-30 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी

2026-09-12

काठमाडौँ | त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडक खण्ड तीन दिनभित्र यातायातका लागि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा- मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सबग्रेड तयार पार्ने काम भइरहेको छ।

सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी कामलाई तीव्र पारिएको अधिकारीले जानकारी दिइन्। कामको आवश्यकता अनुसार उपकरणको सङ्ख्या घटबढ हुने गरेको र केही दिन अघिसम्म १२ वटासम्म उपकरण परिचालन गरिएको उनले बताइन्। शनिबार पहरो काट्ने काम सकिएपछि ग्रेड सुधारका लागि दुई वटा बुलडोजर र दुई वटा एक्साभेटर प्रयोग भइरहेका छन्। ग्रेड मिलाइसकेपछि रोलर थप गरी रोलिङको काम सुरु गरिने छ।

सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई-तीन दिन लाग्ने अनुमान गरिएको छ। त्यसपछि दुई(तीन दिनभित्र कृष्णभीर सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । त्रिशूली बाढीपछि पहिरो गएर सडक भासिएकाले कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी यातायात सुचारु गर्न सडक योजना कार्यालयले निरन्तर काम अघि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने