
काठमाडौँ | नेकपाका नेता झलनाथ खनालले बालेन शाह नेतृत्वको सरकारको आयु लामो नभएको टिप्पणी गरेका छन्। आज काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारको नीति र बजेट हेर्दा लामो आयु भएजस्तो नदेखिएको बताए।
उनले विपद् व्यवस्थापनमा पनि सरकार चुकेको बताए।उनले भने, ‘यो बाढी नेपालको इतिहासमै पहिलो भयावहको स्थिति छ। उद्धार, राहत र पुनस्र्थापनको लागि जुन नीति लिएर जानुपर्थ्याे। त्यसमा गल्ती गर्यो। प्राविधिक ल्याउन, सुरुङको उद्धारमा बाहिरको सहयोग लिनको लागि ७ दिन ढिला गर्यो।’
स्थानीय र प्रदेश सरकारलाई बाइपास गर्नु सरकारको कमजोरी भएको बताए। सरकारको कमजोरीले धेरै मान्छेले ज्यान गुमाउनुपरेको भएपनि पुनर्स्थापनामा साथ दिने बताए। उनले कम्युनिस्ट पार्टीहरू पुनर्गठित र रूपान्तरण भएर अघि बढ्ने पनि बताए।उनले थपे, ‘कम्युनिस्ट पार्टीहरूबिच एकीकरण, सुदृणिकरण हुन्छ। नयाँ कार्यदिशा नीति र सिद्धान्तको आधारमा जान्नुपर्छ। अब पुरानो ढङ्गले हुँदैन।’