काठमाडौँ | एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल दोस्रोपल्ट एसिया कपमा पुगेको छ। नेपालले अन्तिमपल्ट सन् २०२३ मा एसिया कप खेलेको थियो। उक्त प्रतियोगितामा नेपालले भारत र पाकिस्तानसँग समूह चरणमा खेले पनि जित निकाल्न सकेको थिएन।
यसपल्ट एसियन क्रिकेट काउन्सिलले प्रिमियर कप जित्ने टोलीले मात्र एसिया कपमा सहभागिता जनाउने नियम बनाएको थियो। सोही कारण नेपाललाई उपाधि जित्नै पर्ने दबाब थियो।