2026-09-12 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल

2026-09-12

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राप्त उपलब्धिको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन्।

वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ठूलो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, संघीयता, समावेशिता र मौलिक हकजस्ता संवैधानिक अधिकारको संरक्षण गर्न राजनीतिक दलहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको औंल्याए। सह-संयोजक नेपालले सामान्य परिवर्तनबाट संविधान नआएको स्मरण गराउँदै जनतालाई सुशासनसहितको प्रभावकारी सेवा प्रवाह गर्न सबै दल एकजुट हुनुको विकल्प नभएको सुनाए।

उनले आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका क्षेत्रलगायत सीमान्तकृत समुदायको अधिकार संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे। वर्तमान सरकारप्रति जनताको तीव्र आकांक्षा रहेकाले नागरिकको चाहनाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा उनले जोड दिए। यसैगरी, सहसंयोजक नेपालले प्राकृतिक विपद् व्यवस्थापनमा राज्य थप संवेदनशील हुनुपर्ने धारणा राखे। गत भदौ १० गतेको भोटेकोसी बाढीका कारण हिमाली क्षेत्रमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले बेपत्ता नागरिकको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरे। उद्धार र राहतका लागि सरकारले आफ्ना सम्पूर्ण स्रोतसाधनका साथै विभिन्न संघसंस्था र राजनीतिक दलहरूलाई समेत परिचालन गर्नुपर्ने उनको सुझाव थियो।

यसैबीच, उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न सरकारसमक्ष माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन