2026-10-30 12:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि

2026-09-12

काठमाडौँ | नेपाली कांग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। जसअन्तर्गत पाँचथरमा सुर्यकुमार दाहाल, झापामा महीन्द्रा कुमारी लिम्बु, मोरङमा भीम पराजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिइएको छ।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सबै तहका जिम्मेवार साथीहरूलाई आवश्यक सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं।’ त्यस्तै क्रियाशील सदस्य र शुभेच्छुकहरूलाई पनि समर्थन र सहभागिता जनाउन अपिल गरिएको छ।

भदौ १७ र १८ गते बसेको महाधिवेशन तयारी समितिको बैठकले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो। अधिवेशनहरूलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहका तयारी समितिहरू गठन गर्ने समयसीमा पनि तोकिएको छ। जसअनुसार जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज ३ गतेभित्र गठन गरिसक्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने