2026-10-30 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी

2026-09-12

काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स समूह कसैको विरुद्धमा नभएको बताएका छन् । नयाँ दिल्लीमा शनिबार सुरु भएको ब्रिक्स शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । पछिल्लो २० वर्षमा ब्रिक्सले विश्व मञ्चमा महत्वपूर्ण स्थान बनाएको प्रधानमन्त्री मोदीको भनाइ थियो । ‘हामी एक-अर्काको दृष्टिकोणको सम्मान गर्छौं र सहमतिका साथ अघि बढ्छौं,’ उनले भने, ‘अब हाम्रो एकता र सहमतिलाई विश्व मञ्चमा ठोस परिणाममा बदल्ने समय आएको छ ।’

सम्बोधनका क्रममा मोदीले विश्व शासन व्यवस्थामा सुधारका लागि १० सूत्रीय रोडम्याप पनि प्रस्ताव गरेका छन् । उनले विश्वका विभिन्न चुनौती सामना गर्न ग्लोबल साउथ केवल नियम पालना गर्ने पक्ष नभई नियम निर्माण गर्ने पक्ष पनि बन्नुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सुधारका लागि अब थप प्रतीक्षा गर्न नसकिने उनको भनाइ थियो । ‘आज ग्लोबल साउथ विश्वव्यापी संकटको पहिलो पंक्तिमा छ, तर निर्णय प्रक्रियामा उसको स्थान पछाडि छ,’ उनले भने, ‘हामीले यो विशेषाधिकारयुक्त पिरामिडलाई साझेदारीको मञ्चमा बदल्नुपर्छ, जहाँ हरेक देशको आवाज र हरेक सदस्यको सहभागिता सुनिश्चित होस् ।’

उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने