2026-09-19 12:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अर्जुन जोशीमाथि पदम गिरीको फेरी अर्को प्रहार– संसदमा पूर्व सांसदलाई पेन्सन माउनेलाई फेरी भोट माग्न ल

पर्वत । नेकपा एमाले पर्वतका अध्यक्ष एवं प्रतिनिधिसभाका उम्मेदवार पदम गिरीले प्रतिद्वन्द्वी अर्जुन जोशीमाथि फेरी अर्को प्रहार गरेका छन् ।  जिल्लाको विकास र जिल्लाबासीको मागको विषयमा संसदमा कुरा उठाउँलान् भन्दा पूर्व सांसदलाई पेन्सन दिनुपर्छ भनेर माग गर्ने नेतालाई भोट माग्न लाज लाग्नुपर्ने बताएका छन् ।

उनले आफ्नो दुनो सोझ्याउने तर जनतालाई जहाँको त्यही राखेर विकासबादीका नारा बोकेर हिड्ने नैतिकता नभएका नेतालाई अब जनतालाई बहिष्कार गर्नुपर्नेमा जोड दिएका छन् ।

आफू जिल्लाको विकास गर्नको लागि इच्छुक भएका कारण अरुलाई धेरै पटक भोट दिएपनि केहि हुन नसकेको भन्दै आफूलाई एक पटक मतदान गर्न मतदातालाई आग्रह समेत गरेका छन् ।

बामपन्थी गठबन्धनको नेतृत्वलाई जिल्लाबासीले यसपाली विजयी गराएमा १८ बर्षदेखि लोकतन्त्रबादको नाउमा आफ्नो शासन गरेकाहरुको पत्ता साफ हुने र ५ बर्षमा जिल्लाको मुहार फेरिने उनले दाबी गरे ।

गिरीले यसपालीको चुनाव एतिहासिक भएका कारण जिल्लाको इतिहासलाई हेरेर विकासबादी सोचका साथ अगाडी बढेको बामगठबन्धनलाई मतदान गर्नको लागि मतदाताहरुलाई आग्रह गरे ।

उनले १८ बर्षसम्म सांसद हुदाँ अरुले केहि गर्न सकेनन् हामीलाई भोट दिनुहोस ५ बर्षमा जिल्लाको विकास गरेर देखाउँछौं, उनले भने । पर्वतमा आगामी मंसिर २१ गते दोस्रो चरणमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुदैछ । स्थानीय तहको मतपरिणाम अनुसार पर्वतमा नेपाली काँग्रेस भन्दा बामगठबन्धन ६ हजार मतले बलियो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो