Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
४ मंसिर २०८१, मंगलवार
पर्बत - PBT

अवसर दिनुहोस् पर्वतमा विकासको लहर ल्याउनेछु– प्रदेशसभा उम्मेदवार नेत्र अधिकारी

२९ कार्तिक २०७४, बुधबार ०२:२४

पर्वत ।नेकपा एमाले र माओबादीको संयुक्त बाम गठबन्धनले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । प्रदेशसभाका लागि दुइ क्षेत्र भएको पर्वतमा दुवै क्षेत्रमा बामगठबन्धनले आफ्नो अभियानलाई तिब्रता पारेको हो । क्षेत्र नं १ का उम्मेदवार नेत्र अधिकारीले आफ्नो क्षेत्र र विकास लम्सालले क्षेत्र नं २ मा घरदैलो कार्यक्रमलाइ तिब्रता दिएका छन् भने प्रंतिनिधिसभाका उम्मेदवार पदम गिरीले दुवै क्षेत्रमा आलोपालो पुग्न थालेका छन् । मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनाव प्रचारप्रसार अभियानमा बामगठबन्धन साविकका गाउँविकास समितिहरुमा पुग्न थालेको छ ।

प्रदेशसभाका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारले आफूलाई अबसर प्राप्त भए जिल्लाको विकास गरेर देखाउने बताएका छन् । नयाँ संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गरेर देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन वाम गठबन्धनलाई जिताउनुपर्नेमा उनले जोड दिए । नेपाली जनताको लामो समय देखिको सपना पुरा गर्न दुइ पार्टी विच चुनावी तालमेल र एकताको सहमती भएको  र चुनाव लगत्तै बामगठबन्धनको एकै पार्टी हुने भएकाले पनि देशमा अब बामगठबन्धनको सरकार बन्ने बताउँदै अधिकारीले जिल्लाको विकास गर्नको लागि आफूलाई मतदान गर्न आग्रह गरे ।

बामगठबन्धनको चुनाव चिन्ह प्राविधिक कारण फरकफरक भएपनि एकिकरणपछि भने एकै हुने बताउँदै     अधिकारीले आममतादाताले बामगठबन्धनलाई विजयी गराउनुपर्नेमा जोड दिए । सधै भ्रमको राजनीति गरेर जनतालाई झुक्काउने दलका नेतालाई यसपटक पराजित गरेर जनताका असली सेवकलाई मतदान गरि विजयी गराउन सके जिल्लाको विकास हुन बेर नलाग्ने उनले बताए । वाम गठबन्धनप्रति जनता उत्साहित भएकाले पर्वतमा दश हजार मत अन्तरले वाम गठबन्धन विजय हुने  प्रतिनिधिसभाका उम्मेदवार पदम गिरीले दाबी गरे । आफ्नो गाउँ आफै बनाउँ, सामाजिक सुरक्षा भत्ता, गरिब विपन्नका लागि जनता आवास, लोडसेडीङको अन्त्य गर्ने, ठूला विकासका आयोजनाको सुरुवात र राष्टिू स्वाभिमान जोगाउने काम वामपन्थीको सरकारले गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्ग अन्तर्गत त्रिशूलीमा खस्यो ट्रक ! मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसमःकेही भूभागमा वर्षाको सम्भावना देशभर चिसो बढ्दो, जुम्लामा तापक्रम झन्डै -४°C मा झर्‍यो राष्ट्रिय कृषि कम्पनीमा १६१ जनाभन्दा बढी कर्मचारी माग(सुचनासहित) कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन आयोगको आग्रह पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’ नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ? सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य र्‍याली दमननाथ ढुंगानाएक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्यो : अध्यक्ष दाहाल सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफल पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ? चेक बाउन्स मुद्दामा कैद सजाय सुनाइएका गुण्डा नाइके सत्यमान पक्राउ ‘पुष्पा २’ को ट्रेलर रिलिज कार्यक्रममा अल्लू अर्जुनका फ्यानमाथि लाठीचार्ज भ्रष्टाचार मुद्दामा सफाइ पाएका पूर्व मुख्यसचिव अर्यालले दिए राजीनामा ‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप पाँच दिनपछि उठाइयो नगरकोटी दप्पतीको शव, ५२ लाख क्षतिपूर्ति दिने सहमति