ताराबहादुर महत । कार्तिक २९, दोलखा । शैलुङ्ग गाउँपालिका वडा नम्बर २ साविकको भुषाफेदा गाविसका नेपाली काङ्ग्रेसका सभापति ढालबहादुर थापा मगर आफ्ना कार्यकर्तासहित मंगलबार एमाले प्रवेश गर्नुभएको छ ।

मंगलबार साँझ नेकपा एमाले दोलखा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । कार्तिक २९, दोलखा । शैलुङ्ग गाउँपालिका वडा नम्बर २ साविकको भुषाफेदा गाविसका नेपाली काङ्ग्रेसका सभापति ढालबहादुर थापा मगर आफ्ना कार्यकर्तासहित मंगलबार एमाले प्रवेश गर्नुभएको छ ।

मंगलबार साँझ नेकपा एमाले दोलखा"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

वडा कमिटीका सभापतिसहित सैयौं नेता कार्यकर्ता काङ्ग्रेस छोडेर एमालेमा

२९ कार्तिक २०७४, बुधबार ०६:५२

ताराबहादुर महत । कार्तिक २९, दोलखा । शैलुङ्ग गाउँपालिका वडा नम्बर २ साविकको भुषाफेदा गाविसका नेपाली काङ्ग्रेसका सभापति ढालबहादुर थापा मगर आफ्ना कार्यकर्तासहित मंगलबार एमाले प्रवेश गर्नुभएको छ ।

मंगलबार साँझ नेकपा एमाले दोलखाको पार्टी कार्यालय चरिकोटमा आयोजित एक कार्यक्रमकाविच मगरसहित सैयौंको संख्यामा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन । नेपाली काङ्ग्रेसको नेतृत्वमा पंक्तिमा जवाफदेहिता नभएको र व्यक्तिवादी सोचबाट अगाडि बढेकोले जनताको हितमा लाग्ने पार्टी एमालेमा प्रवेश गरेको मगरले बताउनुभयो । उहाँले देशमा नै बामपन्थीहरुले मात्रै विकास उन्नति गर्न सक्ने भन्दै बाम गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन आफू र आफु माताहतका कार्यकर्ता लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनतालाई दुःख पर्दा सहयोग नगर्ने र आफ्नै पार्टीभित्र समेत गैर जिम्मेवारपुर्ण व्यवहार गर्ने पार्टीमा आफू बस्न उपयुक्त नभएको भन्दै आफू एमाले प्रवेश गरेको नेता मगरको भनाई थियो । नेपाली काङ्ग्रसप्रति आक्रोशित देखिएका मगरले एमाले नेताहरुलाई समेत सँधैभरी जनताको पीर मर्का बुझेर व्यवहार गर्न अनुरोध गर्नुभयो ।


एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रम मार्फत नेकपा एमालेका केन्द्रिय सदस्य तथा दोलखा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पार्वत गुरुङ, पुर्व पर्यटनमन्त्री तथा एमाले नेता आनन्द प्रसाद पोखरेल लगायतले मगरसहित नेपाली काङ्ग्रेस परित्याग गरी एमाले प्रवेश गर्ने भुषाफेदाका नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुहुँदै नेकपा एमालेका केन्द्रिय सदस्य तथा दोलखा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पार्वत गुरुङ बाम गठबन्धनका उम्मेद्वारले निर्वाचन जित्ने सुनिश्चितता बढेको भन्दै भुषाफेदामा पनि अब विकासको ढोका खुल्ने बताउनुभयो ।

यसअघिका निर्वाचनमा दोलखा क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसले बुथ कब्जा गर्ने गरेको भनेर चिनिएको भुषाफेदाका काङ्ग्रेस नेता कार्यकर्ता एमाले प्रवेश गरेपछि यो क्षेत्रमा शान्तिपुर्ण निर्वाचन हुने आशा गरिएको छ । दोलखाको क्षेत्र नम्बर १ का गैरीमुदी, काब्रे, शहरे, डाँडाखर्क, जुँगु लगायतका ठाउँमा अघिल्ला निर्वाचनहरुमा विभिन्न पार्टीका कार्यकर्ताहरुले बुथ कब्जा गर्ने गरेका भएपनि क्षेत्र नम्बर २ मा छिटफुटबाहेक शान्तिपुर्णरुपमा निर्वाचन हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य