ताराबहादुर महत । कार्तिक २९, दोलखा । शैलुङ्ग गाउँपालिका वडा नम्बर २ साविकको भुषाफेदा गाविसका नेपाली काङ्ग्रेसका सभापति ढालबहादुर थापा मगर आफ्ना कार्यकर्तासहित मंगलबार एमाले प्रवेश गर्नुभएको छ ।

मंगलबार साँझ नेकपा एमाले दोलखा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । कार्तिक २९, दोलखा । शैलुङ्ग गाउँपालिका वडा नम्बर २ साविकको भुषाफेदा गाविसका नेपाली काङ्ग्रेसका सभापति ढालबहादुर थापा मगर आफ्ना कार्यकर्तासहित मंगलबार एमाले प्रवेश गर्नुभएको छ ।

मंगलबार साँझ नेकपा एमाले दोलखा"/>

2026-07-25 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

वडा कमिटीका सभापतिसहित सैयौं नेता कार्यकर्ता काङ्ग्रेस छोडेर एमालेमा

ताराबहादुर महत । कार्तिक २९, दोलखा । शैलुङ्ग गाउँपालिका वडा नम्बर २ साविकको भुषाफेदा गाविसका नेपाली काङ्ग्रेसका सभापति ढालबहादुर थापा मगर आफ्ना कार्यकर्तासहित मंगलबार एमाले प्रवेश गर्नुभएको छ ।

मंगलबार साँझ नेकपा एमाले दोलखाको पार्टी कार्यालय चरिकोटमा आयोजित एक कार्यक्रमकाविच मगरसहित सैयौंको संख्यामा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन । नेपाली काङ्ग्रेसको नेतृत्वमा पंक्तिमा जवाफदेहिता नभएको र व्यक्तिवादी सोचबाट अगाडि बढेकोले जनताको हितमा लाग्ने पार्टी एमालेमा प्रवेश गरेको मगरले बताउनुभयो । उहाँले देशमा नै बामपन्थीहरुले मात्रै विकास उन्नति गर्न सक्ने भन्दै बाम गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन आफू र आफु माताहतका कार्यकर्ता लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनतालाई दुःख पर्दा सहयोग नगर्ने र आफ्नै पार्टीभित्र समेत गैर जिम्मेवारपुर्ण व्यवहार गर्ने पार्टीमा आफू बस्न उपयुक्त नभएको भन्दै आफू एमाले प्रवेश गरेको नेता मगरको भनाई थियो । नेपाली काङ्ग्रसप्रति आक्रोशित देखिएका मगरले एमाले नेताहरुलाई समेत सँधैभरी जनताको पीर मर्का बुझेर व्यवहार गर्न अनुरोध गर्नुभयो ।


एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रम मार्फत नेकपा एमालेका केन्द्रिय सदस्य तथा दोलखा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पार्वत गुरुङ, पुर्व पर्यटनमन्त्री तथा एमाले नेता आनन्द प्रसाद पोखरेल लगायतले मगरसहित नेपाली काङ्ग्रेस परित्याग गरी एमाले प्रवेश गर्ने भुषाफेदाका नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुहुँदै नेकपा एमालेका केन्द्रिय सदस्य तथा दोलखा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पार्वत गुरुङ बाम गठबन्धनका उम्मेद्वारले निर्वाचन जित्ने सुनिश्चितता बढेको भन्दै भुषाफेदामा पनि अब विकासको ढोका खुल्ने बताउनुभयो ।

यसअघिका निर्वाचनमा दोलखा क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसले बुथ कब्जा गर्ने गरेको भनेर चिनिएको भुषाफेदाका काङ्ग्रेस नेता कार्यकर्ता एमाले प्रवेश गरेपछि यो क्षेत्रमा शान्तिपुर्ण निर्वाचन हुने आशा गरिएको छ । दोलखाको क्षेत्र नम्बर १ का गैरीमुदी, काब्रे, शहरे, डाँडाखर्क, जुँगु लगायतका ठाउँमा अघिल्ला निर्वाचनहरुमा विभिन्न पार्टीका कार्यकर्ताहरुले बुथ कब्जा गर्ने गरेका भएपनि क्षेत्र नम्बर २ मा छिटफुटबाहेक शान्तिपुर्णरुपमा निर्वाचन हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक