2026-07-03 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन विरोधी घटना नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

2017-11-15

कात्तिक २९, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७४ को विषयमा गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ७ नं प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले केही जिल्लामा निर्वाचन प्रक्रियालाई असर पु¥याउने खालका उम्मेदवार लक्षित क्रियाकलाप बढेको जानकारी आएकाले निर्वाचनका लागि बनेको सुरक्षा योजनामा कहाँनिर त्रुटि रह्यो भन्नेतर्फ सजक भई समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिए । 


गृह मन्त्रालयको समेत कार्यभार समाल्नुभएका प्रधानमन्त्री देउवाले उम्मेदवारहरुमाथि भएको आक्रमणका घटनाको सूक्ष्म रुपमा अध्ययन गरी आक्रमणकारी माथि कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिने गरी काम गर्नुपर्ने बताए । उनले भने, “तोकिएको समयमा निर्वाचनलाई शन्तिपूर्ण भयरहित निष्पक्ष वातारवरणमा गराउनु सरोकारवाला हामी सबैको प्रमुख कर्तव्य र जिम्मेवारी हो ।” 

आगामी दिनमा निर्वाचनको सुरक्षामा खतरा पु¥याउन सक्ने सम्भावित पक्षका गतिविधिको नियन्त्रण, निगरानी, अस्वस्थ्य प्रतिस्पर्धा, जबर्जस्ती चंदा संकलन, धम्कीजस्ता गविविधलाई नियन्त्रण गर्न निर्देशन दिदैं प्रधानमन्त्री देउवाले भौगोलिक विकटता, संरचनाको अभाव, निर्वाचनमा हुने मानवीय त्रुटिजस्ता चुनौतीका बाबजुद चुनावका लागि आवश्यक वातावरण बनाउन सम्बन्धित सबै पक्षसंग आग्रह गरे । 

गोष्ठीमा गृह मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाले निर्वाचन सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए । गोष्ठीमा ७ नं प्रदेशका सबै नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ