Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीका व्यापारीमाथि भारतीय सीमामा गोली प्रहार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>सरोज यादव/कात्तिक २९, सर्लाही ।</b> सर्लाही सदरमुकाम मलंगवाका एक कवाड व्यापारीमाथी छिमेकी राष्ट्र भारत बिहारको सितामढीबाट घर फर्किने क्रममा अज्ञात समुहमा आएका हतियार धारीले गोली प्रहार गरेको छ ।<br></p><p>भारतीय बजार सितामढीबाट घर फर्किने क्रममा मलङ्वा -३ निवासी राकेश चौधरीलाई सोनबरसा र बोडरतर्फ आउने बाटोको चिलरा भन्ने ठाउँमा दुईवटा मोटरसाइकलमा आएका हतियारधारीले गोली प्रहार गरेको हो ।</p><p>गोली शरीरको बायाँपट्टिको भागमा लागेको छ । उनलाई उपचारका लागी जिल्ला अस्पताल सर्लाहीमा ल्याईएको थियो । समान्य उपचार पश्चात, थप उपचारका लागि क्षेत्रिय अस्पताल बिरगंज रिफर गरीएको स्रोतले जनाएको छ ।</p>