2026-07-03 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाल कम्युनिष्ट पार्टीका पाँच नेता तथा कार्यकर्ता पक्राउ

2017-11-16

कात्तिक ३०, इटहरी । देशको विभिन्न स्थानमा भइरहेका बम विस्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले पछिल्लो समयमा आएर विप्लव माओवादीप्रति कडा निगरानी बढाउन थालेको पाइएको छ । 

यस क्रममा सुनसरी जिल्लामा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको चुनाव प्र्रचारप्रसारमा आक्रमण हुन सक्ने खतराप्रति संवेदनशीलता अपनाउँदै विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

निर्वाचनमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै सुनसरी प्रहरीले बराहक्षेत्र–३ बाट इन्द्रबहादुर राई, धरान–१७ बाट जयकुमार राई, इटहरी–९ बाट रोशन ढकाल र लक्ष्मण कार्की तथा इटहरी–५ बाट रामप्रसाद राईलाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । 

पक्राउ परेका विप्लव माओवादी नेता तथा कार्यकर्तामाथि सोधखोज र अनुसन्धान कार्य भइरहेको जानकारी दिँदै उनीहरुबाट हुन सक्ने खतराप्रतिको संवेदनशीलतामा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको उहाँले बताउनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ