2026-09-19 12:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र प्रचण्डले एउटै मंचबाट भने- ‘चुनाव लगत्तै पार्टी एकता हुन्छ’

महेन्द्र केसी/कात्तिक ३०, पर्वत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लगत्तै पार्टी एकता हुने बताएका छन् ।

देशमा अब कम्युनिष्टहरुको एकता केन्द्र तयार गरी फुटेका कम्युनिष्टहरुलाई एकिकृत गर्नको लागि बामगठबन्धन गरिएको नेताहरुले बताएका छन् । विहिबार पर्वत कुश्मामा आयोजित बृहत भेलालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका  हुन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपी र गणेशमानको पालाको जस्तो अब देशमा नेपाली काँग्रेस नरहेको बताएका छन् । उनले नेपाली काँग्रेससँग कुनै पनि नीति तथाा कार्यक्रमहरु नभएको टिप्पणी समेत गरेका छन् ।

संविधानको कार्यान्वयन गर्दै जनतालाई सम्पन्नशाली गराउनको लागि बामगठबन्धन तयार भएको बताएका छन् । उनले देशलाई एकताबद्ध गरेर स्थायित्व प्रदान गर्नको लागि मंसिर १० र २१ गते निर्वाचन हुन लागेको बताए । 

ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लगत्तै ५ हजार भत्ता हुने गरी बृद्धि गर्ने बताए । उनले कम्युनिष्टहरुले भ्रमको खेती नगर्ने कसैलाई तर्साउने झुक्काउने काम नगर्ने बताए । कम्युनिष्ट आए तानाशाह नभइ लोकतन्त्र आउने समेत बताए । 

माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरु विभाजित भएकै कारण प्रतिक्रियाबादी दक्षिणपन्थीहरुले देशमा राज गर्ने अबसर पाएको बताए । उनले  इतिहासको नकरात्मक अध्यायको अन्त्य गरेर नव युगतिर नेपाललाई लैजाने कम्युनिष्टहरुको केन्द्र बनाउने संकल्पसहित बामपन्थीहरुको बलियो सरकार बनाउने उदेश्यका साथ बामगठबन्धन निर्माण गरिएको बताए । 

विगत ७० बर्षदेखि देशमा  एउटा भूमरी कुनै पनि सरकार पाँच बर्षसम्म नचल्ने, नटिक्ने  र नेपाली जनताको  विकास र समृद्धिको चाहाना कछुवाको गतिमा जाने, ९÷९ महिनामा सरकार परिर्वतन हुने सरकार बन्ने र गिर्ने नयाँ चक्रव्यूमा नेपाली जनता परेको भन्दै उनले देशलाई समृद्धितर्फ लैजानको लागि बामगठबन्धन भएको बताए ।  सोही कार्यक्रममा राप्रपा पर्वत बामगठबन्धनमा विलय भएको छ । 

राप्रपाका अध्यक्ष इश्वर गिरी सहितको टोली बामगठबन्धनमा  विलय भएको हो । कार्यक्रममा  नेपाली काँग्रेस, जनमोर्चा लगायतका अन्य दलका गरी ४ दर्जनभन्दा बढी बामगठन्धनमा प्रवेश गरेका छन् ।  प्रचण्ड र ओलीलाई युवासंघ नेपाल पर्वतले १० केजीको मालाले स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो