२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

रुष्ट महाकालीवासी भन्छन्- ‘अब आँखा चिम्लेर भोट हाल्दैनौं’

२०७४, ३० कार्तिक बिहीबार १२:१८

कात्तिक ३०, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका वार्ड नं ४ का चन्द्रदेव भट्टले दुई दशकअघिदेखि निर्वाचनमा मतदान गर्दैआउनु भएको छ । 

असी वर्ष टेकेका भट्ट मंसिर २१ गते मतदान गर्न पनि उत्सुक हुनुहुन्छ । नेताहरुले चुनावी वाचा पूरा नगर्दा भने उहाँ असन्तुष्ट हुनुहुन्छ । “नेताहरुले अहिलेसम्म के ग¥यो भनुँ, भोट माग्ने बेला खुट्टा ढोग्यो, नमस्कार ग¥यो, त्यसपछि जितेर गएपछि कहिल्यै फर्केर आएनन्,” उहाँले भन्नुभयो – “मर्दको जवान हुन्छ भन्छन् तर आश्वासन दिएर फर्के पनि काम पटक्कै गरेनन् ।” 

“यसलाई उसलाई भोट हाल्ने त भन्दिनँ, जसले पानीको समस्या हल गर्छ, बाटो बनाउँछ, सिँचाइ दिन्छ, त्यसैलाई भोट दिन्छौं” – उहाँले भन्नुभयो । झोलुङ्गे पुलसित जोडिएको वार्ड नं ४ का भट्टजस्तै आश्वासन पूरा नगरेका कारण दोधारा चाँदनीका बासिन्दा पनि उम्मेदवारसँग असन्तुष्ट छन् । 

महाकाली नगरपालिका वार्ड नं ९ ढकनाघाटका पार्वती रावलले भन्नुभयो, – “कतिसम्म एउटैलाई मत दिने ? खाली आश्वासन मात्रै पाएर के गर्ने ? अब त सुविस्ता गर्नेलाई भोट दिन्छौ ।” 

नेताहरुले चुनावी प्रचारका क्रममा दोधारा चाँदनीमा ‘विकास गरेँ’ भनेर भाषण गरेको सुनेर आश्चर्यमा पर्नुभएका रावल भन्नुहुन्छ, “यो ग¥यो, त्यो ग¥यो भनेर भाषण गर्दैछन्, खै के गरेको छ त हाम्रोमा ? बिजुलीका पोल पनि छैन ।” 

वार्ड नं. ९ को अम्बिका स्कुल बजार नजिक भएर ढकनाघाट जाने बाटोलाई कसैले नहेरेको उहाँले बताउनु भयो । “यो बाटो जस्तो थियो, त्यस्तै छ, कसैले अहिलेसम्म केही गरेन”– उहाँले भन्नुभयो । 

बाइसहजार मतादाता भएका महाकाली नगरपालिकामा अढाई सय मिटरका ७ वटा मात्रै पक्की सडक छन् । ती सडक पनि नगरपालिका बनेपछि मात्रै निर्माण गरिएका हुन् । 

स्थानीय बासिन्दाका अनुसार उम्मेदवारहरुले विगत देखिनै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने, विद्युत्को क्षमता विस्तार गर्ने, कुतियाकवरसम्मको सडक पक्की गर्ने, घरघरमा शुद्ध खानेपानी पु¥याउने, इलाका प्रशासन कार्यालय स्थापना गर्ने, सुकुम्बासी समस्या हल गर्ने र महाकाली नदीमा तटबन्धन गर्ने विषयलाई चुनावी एजेण्डा बनाउँदै आएका छन् । यी चुनावी एजेण्डा पूरा नभएपछि स्थानीय बासिन्दा उम्मेदवारसँग रुष्ट भएका हुन् । 

महाकाली नगरपालिका–९ की पुर्णकला रावत भन्नुहुन्छ, “कसैले केही गरेको छैन । इन्डियाको गाँस, नेपालको बास छ । अब जसले हामीलाई हेर्छ उसैलाई हेर्छौं । पहिला जसरी आँखा चिम्लेर मत हाल्दैनौं ।” 

दोधारा चाँदनीका मतदाता फकाउन वाम गठबन्धन र काँग्रेसका उम्मेदवार लागिपरेका छन् । कञ्चनपुर क्षेत्र नं ३ मा वाम गठबन्धनबाट नेकपा एमालेका डा. दीपक प्रकाश भट्ट र नेपाली काँग्रेसका पूर्व साँसद रमेश लेखक चुनावी प्रतिस्पर्धामा छन् । 

दोधारा चाँदनीसहितको प्रदेश (ख) मा गठबन्धनबाट मान बहादुर सुनार र काँग्रेसका बेल बहादुर राना चुनावी मैदानमा छन् । दुबै उम्मेदवार दिन बिराएर मतदाताका घरमा पुग्न थालेका छन् । 

स्थानीय शिक्षक अमर बस्नेत यस पटकको चुनावमा विगतको जस्तो नतिजा नआउने बताउनुहुन्छ । “विगतको जस्तो राजनीतिक अवस्था छैन, नयाँ पुस्ताले केही परिवर्तन खोजिरहेका छन्” – उहाँले भन्नुभयो । 

दोधारा चाँदनीबाट प्रदेशसभाका उम्मेदवार पनि भएकाले यस अघिको नतिजा दोहोरिने सम्भावना नदेखिएको बस्नेतले बताउनुभयो । स्थानीय तह निर्वाचनमा काँग्रेसले मेयर र एमालेले उपमेयर जितेको छ । 

दश वडामध्ये काँग्रेसले ५, एमाले ४ र माओवादी केन्द्रले एउटा वडा जितेको छ । एमाले र माओवादी केन्द्र मिलेपछि काँग्रेस गठबन्धन वडामा बराबरी भएका छन् । काँग्रेसले चाँदनी र एमालेले दोधाराका वडा जितेको हो । गठबन्धन र काँग्रेस दुबैले अहिले मतदाता तान्न वडा स्तरमा भेला, भेटघाट, प्रचारका कार्यक्रम गर्दैआएका छन् । राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी