१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा गठबन्धनसँग काँग्रेस र नयाँशक्ति भिड्दै, कसले मार्ला बाजी ?

३० कार्तिक २०७४, बिहीबार १२:३७

टेक शाही/कात्तिक ३०, डोल्पा । मँसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि डोल्पाबाट तिनवटा पार्टि चुनावी मैदानमा उत्रिएका छन । 

बाम गठबन्धनसँग नेपाली काँग्रेस र नयाँ शक्ति नेपाल चुनावी मैदानमा उभिएका छन । १८ हजार ९ सय ८९ मतदाता रहेको डोल्पामा गठबन्धनको जित भन्नेहरुको कमि भने छैन ।

बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेद्धार धन बहादुर बुढा प्रतिनिधिसभाका उम्मेद्धार हुन भने नेपाली काँग्रेसका तर्फबाट अँगद कुमार बुढा प्रतिनिधिसभाका उम्मेद्धार हुन तर नयाँशक्तिको भने प्रतिनिधिसभा उम्मेद्धार छैन । 

धन बहादुर बुढा निर्वतमान साँसद हुन भने अँगद कुमार बुढा नेपाली काँग्रेस जिल्ला सभापति हुन । प्रदेश निर्वाचन क्षेत्र न “क” मा बाम गठबन्धनका तर्फबाट एमालेका नन्दसिँह बुढा र नेपाली काँग्रेसका बेगमसिँह ठकुरी चुनावी मैदान छन । यि दुबै जनामा उम्मेद्धार नयाँ अनुहार हुन । 

गठबन्धनका कारण नेपाली काँग्रेस यस क्षेत्रबाट पराजति हुने धेरैको आकलन रहेको छ । जम्मा २ जना उम्मेद्धारमात्र भएको कारण गठबन्धनको जित हुने धेरैको दावि छ । कुल ८ हजार २ सय ५० मतदात यस प्रदेश निर्वाचन क्षेत्रमा रहेका छन । 

प्रदेश निर्वाचन क्षेत्र न “ख” मा भने बाम गठबन्धन, नेपाली काँग्रेस, नयाँशक्ति र स्वतन्त्र सहित ४ जना चुनावी मैदानमा छन । गठबन्धनका तर्फबाट माओबादि केन्द्रका बिर बहादुर शाही,नेपाली काँग्रेसका शुरेस शाही,नयाँशक्ति नेपालका पुष्पराज बुढा र स्वतन्त्र उम्मेद्धार बिरचन्द्र डसाल रहेका छन । शुरेस शाही २०७० का उम्मद्धार हुन भने अन्य सबै नयाँ अनुहार नै रहेका छन । 


यस क्षेत्रमा कुल १० हजार ७ सय ३९ मतदाता रहेका छन । बाम गठबन्धको उम्मेद्धार बलियो मानिए पनि सहजै जित हात पार्न भने कुनै पनि दलका उम्मेद्धारलाइ सजिलो छैन । तर यस क्षेत्रमा पनि स्थानिय तहको निर्वाचन अनुसार र गठबन्धनको हिसावमा माओबादि केन्द्रका उम्मेद्धार बिर बहादुर शाहीले जित हात पार्ने मतदाताको अनुमान छ । 

जनु क्षेत्रबाट जसले जित हात पारे पनि मतदाता भने शिक्षा स्वास्थ्य, रोजगार र सडकको कुरा महत्वपूर्ण रहेको शे–फोक्सुण्डो गाँउपालिकाका अगुवा आँग बहादुर लामाले बताए । उनि भन्छन अब जनतालाइ बिकास चाहिएको छ आसवासनले गुग्दैन द्रुत गतिमा बिकासका काम गर्नु पर्ने लामाले बताए ।

जितनको लागि जस्तो प्रतिबद्धता गरेका छन नेताले पछि जिते पछि ति सबै काम गर्नु पर्ने मतदाता गणेश गुरुङले बताए । शिक्षा,स्वासथ्य र यातायात पहलो प्रथामिकता हुने पर्ने अर्का मतादाता जुनु हिराचनले बताइन । 

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्धारलाइ मत हाल्न कुनै समस्या नभएको तर चुनावका बेला गरिएका प्रतिबद्धता थोरै भए पनि उम्मेद्धारले पूरा गरिदिन मतदाताको अनुरोध छ । भौगोलिक रुपमा पिछडिएको जिल्ला डोल्पा हो सडक र बिद्युत जस्ता सेवा बिस्तार गरिदेउ काइके गाँउपालिकाका निमा लामाले भने । 

स्थानिय सरकार बनेको र अब एकै जिल्लाबाछ झण्डै ५ जना बराबर साँसद बन्ने भएकोले अब डोल्पामा बिकास हुने नागरिको आसा रहेको छ । यातायातले नछोएको जिल्ला डोल्पामा सडक,बिद्युत,स्वास्थ्य सेवा र शिक्षा डोल्पाली मतदाताको पहिला माग हुन  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते