पर्वत । आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनको लागि पर्वत क्षेत्र नं १ मा कस्ले जित्ला भन्ने विषयले बजार तताएको छ ।  सामान्य चिया पसलदेखि पार्टीका सभा सम्मेलनमा बामगठबन्धनका उम्मेदवार वा नेपाली काँग्रेसका उम्मेदवार कस्ले जित्छन् भन्ने विषयमा अड्कल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनको लागि पर्वत क्षेत्र नं १ मा कस्ले जित्ला भन्ने विषयले बजार तताएको छ ।  सामान्य चिया पसलदेखि पार्टीका सभा सम्मेलनमा बामगठबन्धनका उम्मेदवार वा नेपाली काँग्रेसका उम्मेदवार कस्ले जित्छन् भन्ने विषयमा अड्कल"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत क्षेत्र नं १ मा नेता अधिकारी कि गुरुङ ?

१ मंसिर २०७४, शुक्रबार ०२:४७

पर्वत । आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनको लागि पर्वत क्षेत्र नं १ मा कस्ले जित्ला भन्ने विषयले बजार तताएको छ ।  सामान्य चिया पसलदेखि पार्टीका सभा सम्मेलनमा बामगठबन्धनका उम्मेदवार वा नेपाली काँग्रेसका उम्मेदवार कस्ले जित्छन् भन्ने विषयमा अड्कलबाजी हुदैछ । निर्वाचन आउन अब २२ दिन मात्रै बाँकी छ । राजनीतिक दलहरु चुनाव प्रचारप्रसार अभियान लिएर गाउँगाउँमा  पसेका छन् । प्रदेशसभाका लागि बामगठबन्धनको तर्फदेखि उम्मेदवार बनेका नेत्र अधिकारी हिमाल र लोकतान्त्रिक गठबन्धनको तर्फदेखि       नवराज गुरुङ मध्ये को बलियो भन्ने बहस तिब्र छ । दुवै अघिल्लो संविधानसभामा पराजित उम्मेदवार हुन् ।

अधिकारी नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य  हुन् भने गुरुङ नेपाली काँग्रेस पर्वतका पुर्व सभापति हुन् । यी दुवै जनाको प्रतिस्पर्धालाई रोचकता साथ हेरिएको छ । बाम गठबन्धनको तर्फ बाट प्रदेश सभाको लागि साझा उम्मेदवार बनेका नेत्र अधिकारी इमान्दार र असल नेता मानिन्छन् । सादा जीवन उच्च विचारका धनी मानिने अधिकारी हिमाल सधै नेपाल र नेपाली जनताको पक्षमा आफूलाई        पुरापुर निष्ठा र इमान्दारिताका साथ लगाइ रहने नेताको रुपमा परिचित छन् ।

अधिकारी नेपाल र नेपाली जनताको मुक्तिका खातिर आफ्नो प्राणलाई मुठिमा लिएर जनयुद्धमा होमिए नेता हुन् ।  २०७० सालको संबिधान सभाको निर्वाचनमा पराजित  भएका अधिकारीले ७ हजार मत प्राप्त गरेका थिए । बाम गठबन्धनको साझा उम्मेदवार बनेका अधिकारीलाई  एमाले पार्टीको नै भर हो । एमाले कार्यकार्ताले आफ्नै उम्मेदवार ठानेर खुल्ला दिल दिएर जिताउन हिडेमा हिजोको संसदीय निर्वाचनको मत परिणामले स्पष्ट देखाउँछ । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धन बनेपछि नेत्र अधिकारीलाई निर्वाचन जित्नको लागि भने सहज देखिएको छ ।  त्यस्तै काङग्रेस नेता  गुरुङ पनि जिल्लाको राजनीतिक वृत्तमा प्रशस्तै सम्भावना बोकेका नेताका रुपमा गनिन्छन् ।

जिल्ला सभापति हुँदा देखिनै जनता माझ घुलमील भएका गुरुङ प्रति धेरै कार्यकर्ताको मोह छ । जनता माझ लोप्रिय बनेता पनि २०७० सालको संबिधान सभाको निर्वाचनमा पर्वत क्षेत्र नं। २ बाट एमाले पुर्व अध्यक्ष विकास लम्साल सँग पराजित भएपछि उनको    राजनिती लाईनमा अबरोध आयो ।

पराजय व्यहोरेका गुरुङले ४ बर्ष राजनितीमा बिश्राम लिए जसका    कारण उनलाई जनताले भुलिसकेका छन् । उनी बाट कुनै आशा गर्न समेत छाडेका छन् । उनको र नेता अर्जुन प्रसाद जोशी बिच टकराब पर्ने गरेका कारण पनि जोशीले निर्वाचनमा उनलाई सहयोग गर्ने कुरामा आशंका गरिन्छ । एमाले कार्यकर्ताले अधिकारीलाई मतदान गर्ने हो भने यसपालीको निर्वाचनमा    अधिकारीको जित सुनुश्चित हुने            पक्का छ ।

क्षेत्र नं १ ९क०मा रहेका एक नगरपालिका र २ गाउँपालिका मध्ये  कुश्मा नगरपालिका र जलजला गाउँपालिकामा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ भने मोदी गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको थियो । प्रदेश सभाको निर्वाचनका लागि पर्बत क्षेत्र नम्बर १ मा ५८ हजार ८ सय २१ जना मतदाता         रहेका छन् । जसमा ३० हजार ४ सय महिला र २८ हजार ४ सय २९ पुरुष ्रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन