2026-09-19 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सद्भाव बढाउँदै दोलखाका प्रतिस्पर्धि उम्मेद्वार, बाटोमै जितको शुभकामना आदानप्रदान

ताराबहादुर महत । मंसिर १, दोलखा । आसन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आ–आफ्ना उम्मेद्वारलाई विजयी गराउन सबै दलका नेता कार्यकर्ता रात दिन नभनी प्रचार प्रसार र चुनावी कार्यक्रमको दौडधुपमा व्यस्त छन । मंसिर १० र २१ गरी दुई चरणमा हुन लागेको निर्वाचनमा खासगरी बामपन्थी धारका दुई ठुला दल नेकपा एमाले र माओवादी केन्द्र सम्बद्ध बाम गठबन्धन र नेपाली काङ्ग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले एकअर्कालाई प्रतिस्पर्धीको रुपमा स्वीकारेका छन । एक दलका उम्मेद्वार अरु दलको उम्मेद्वारलाई प्रतिस्पर्धि सम्झेर उनीहरुका कमजोरी र नराम्रा काम बाहिर ल्याएर गाली गलौज गर्दै आफू मात्र जनताको नजरमा राम्रो देखिएर चुनाव जित्न पर्यत्न गरीरहेका छन ।

तर दोलखा सदरमुकाम चरिकोटमा आज विहानै एउटा त्यस्तो दुर्लभ दृश्य देखा प¥यो । जहाँ बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले एकअर्कामा सद्भाव व्यक्त गर्दै जितको शुभकामना आदानप्रदान गरे । त्यसरी शुभकामना दिनेमा बाम गठबन्धनको तर्फबाट दोलखा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा नेकपा एमालेका केन्द्रिय सदस्य पार्वत गुरुङ र लोकतान्त्रिक गठबन्धनको तर्फबाट दोलखा प्रदेशसभा २ का उम्मेद्वार तथा काङ्ग्रेस दोलखाका नेता केशवराज चौंलागाई हुुनुहुन्थ्यो । 

आ–आफ्नो पार्टीको चुनावी सभालाई सम्बोधन गर्न दोलखाको उत्तरी क्षेत्र विगु गाउँपालिका जान निस्केका दुई नेताको भेट संयोगले चरिकोट चरिघ्याङस्थित कालिञ्चोक चलचित्र मन्दिर छेउमा भएको थियो । भेट भए लगत्तै उहाँहरुले हात मिलाएर एक अर्काको हालचाल र चुनावी कार्यक्रमको बारेमा संक्षिप्त कुराकानी गर्दै जितको शुभकामना आदानप्रदान गर्नुभएको थियो । शुभकामना आदानप्रदान पश्चात्त नेता द्वय आ–आफ्नो गन्तव्यतर्फ लाग्नुभएको थियो ।

केहि दिनअघि मात्र लोकतान्त्रिक गठबन्धनको तर्फबाट दोलखा प्रदेशसभा १ र २ का उम्मेद्वारहरु तथा काङ्ग्रेस दोलखाका नेता द्वय बर्मा लामा र केशवराज चौंलागाँईले आ–आफ्नो फेसबुक अकाउण्ट मार्फत प्रतिस्पर्धि दलका उम्मेद्वार तथा नेताहरुलाई निर्वाचन शान्तिपुर्ण बनाउन अनुरोध गर्नुभएको थियो ।

गत स्थानिय तहको निर्वाचनमा दोलखाको जुँगुका एमाले कार्यकर्ता कुलबहादुर तामाङ र पवटीका काङ्ग्रेस कार्यकर्ता नकुल भुजेलले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएकोले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन शान्तिपुर्ण बनाउन मतदाता तथा सरोकारहरुले सबैमा अनुरोध गरीरहेका छन । 

विगतका ती घटनाले दोलखाली मतदातामा निर्वाचन भन्ने वित्तिकै त्रासको संचर हुने अवस्था आएको थियो । तर नेकपा एमाले र माओवादी केन्द्र एकै ठाउँमा उभिँदा खुसी देखिएका मतदाताहरुमा उम्मेद्वारहरु विचको सद्भावले निर्वाचन शान्तिपुर्ण हुनेमा थप आशाको संचार गरेको छ । सरकारको तर्फबाट पनि दोलखालाई संवेदनशील जिल्लाको सुचिमा राखेर सुरक्षा निकायका उच्च अधिकारीहरु खटाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई