२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सद्भाव बढाउँदै दोलखाका प्रतिस्पर्धि उम्मेद्वार, बाटोमै जितको शुभकामना आदानप्रदान

१ मंसिर २०७४, शुक्रबार ०६:१५

ताराबहादुर महत । मंसिर १, दोलखा । आसन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आ–आफ्ना उम्मेद्वारलाई विजयी गराउन सबै दलका नेता कार्यकर्ता रात दिन नभनी प्रचार प्रसार र चुनावी कार्यक्रमको दौडधुपमा व्यस्त छन । मंसिर १० र २१ गरी दुई चरणमा हुन लागेको निर्वाचनमा खासगरी बामपन्थी धारका दुई ठुला दल नेकपा एमाले र माओवादी केन्द्र सम्बद्ध बाम गठबन्धन र नेपाली काङ्ग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले एकअर्कालाई प्रतिस्पर्धीको रुपमा स्वीकारेका छन । एक दलका उम्मेद्वार अरु दलको उम्मेद्वारलाई प्रतिस्पर्धि सम्झेर उनीहरुका कमजोरी र नराम्रा काम बाहिर ल्याएर गाली गलौज गर्दै आफू मात्र जनताको नजरमा राम्रो देखिएर चुनाव जित्न पर्यत्न गरीरहेका छन ।

तर दोलखा सदरमुकाम चरिकोटमा आज विहानै एउटा त्यस्तो दुर्लभ दृश्य देखा प¥यो । जहाँ बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले एकअर्कामा सद्भाव व्यक्त गर्दै जितको शुभकामना आदानप्रदान गरे । त्यसरी शुभकामना दिनेमा बाम गठबन्धनको तर्फबाट दोलखा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा नेकपा एमालेका केन्द्रिय सदस्य पार्वत गुरुङ र लोकतान्त्रिक गठबन्धनको तर्फबाट दोलखा प्रदेशसभा २ का उम्मेद्वार तथा काङ्ग्रेस दोलखाका नेता केशवराज चौंलागाई हुुनुहुन्थ्यो । 


आ–आफ्नो पार्टीको चुनावी सभालाई सम्बोधन गर्न दोलखाको उत्तरी क्षेत्र विगु गाउँपालिका जान निस्केका दुई नेताको भेट संयोगले चरिकोट चरिघ्याङस्थित कालिञ्चोक चलचित्र मन्दिर छेउमा भएको थियो । भेट भए लगत्तै उहाँहरुले हात मिलाएर एक अर्काको हालचाल र चुनावी कार्यक्रमको बारेमा संक्षिप्त कुराकानी गर्दै जितको शुभकामना आदानप्रदान गर्नुभएको थियो । शुभकामना आदानप्रदान पश्चात्त नेता द्वय आ–आफ्नो गन्तव्यतर्फ लाग्नुभएको थियो ।

केहि दिनअघि मात्र लोकतान्त्रिक गठबन्धनको तर्फबाट दोलखा प्रदेशसभा १ र २ का उम्मेद्वारहरु तथा काङ्ग्रेस दोलखाका नेता द्वय बर्मा लामा र केशवराज चौंलागाँईले आ–आफ्नो फेसबुक अकाउण्ट मार्फत प्रतिस्पर्धि दलका उम्मेद्वार तथा नेताहरुलाई निर्वाचन शान्तिपुर्ण बनाउन अनुरोध गर्नुभएको थियो ।

गत स्थानिय तहको निर्वाचनमा दोलखाको जुँगुका एमाले कार्यकर्ता कुलबहादुर तामाङ र पवटीका काङ्ग्रेस कार्यकर्ता नकुल भुजेलले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएकोले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन शान्तिपुर्ण बनाउन मतदाता तथा सरोकारहरुले सबैमा अनुरोध गरीरहेका छन । 

विगतका ती घटनाले दोलखाली मतदातामा निर्वाचन भन्ने वित्तिकै त्रासको संचर हुने अवस्था आएको थियो । तर नेकपा एमाले र माओवादी केन्द्र एकै ठाउँमा उभिँदा खुसी देखिएका मतदाताहरुमा उम्मेद्वारहरु विचको सद्भावले निर्वाचन शान्तिपुर्ण हुनेमा थप आशाको संचार गरेको छ । सरकारको तर्फबाट पनि दोलखालाई संवेदनशील जिल्लाको सुचिमा राखेर सुरक्षा निकायका उच्च अधिकारीहरु खटाईसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन