यहाँ तिमीलाई 

सपना बाड्न छुट छ 

यहा तिमीलाई 

मिलेर बसेका 

बस्ती भाड्न छुट छ

मेरो देश 

लोकतन्त्रले सजिएको Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यहाँ तिमीलाई 

सपना बाड्न छुट छ 

यहा तिमीलाई 

मिलेर बसेका 

बस्ती भाड्न छुट छ

मेरो देश 

लोकतन्त्रले सजिएको

४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरो देश र लोकतन्त्र !!

१ मंसिर २०७४, शुक्रबार १०:१९


यहाँ तिमीलाई 

सपना बाड्न छुट छ 

यहा तिमीलाई 

मिलेर बसेका 

बस्ती भाड्न छुट छ

मेरो देश 

लोकतन्त्रले सजिएको

तिमी बेलगाम त्यसको नेता 

म तिम्रो आज्ञाकारी जनता !!


हिजो तिमीले 

राणा सासन ढाल्न 

फासीमा लड्किनु पर्छ भन्यौ 

म जीवनको मोह नगरी 

फासीमा लड्किए,

राजतन्त्र ढाल्न 

बन्दुक बोक्नु पर्छ भन्यौ 

म घरबार त्यागी 

बन्दुक बोकी निस्किए,

तिमीले चोकमा भएका 

राजाका सालिक 

ढाल्नु पर्छ भन्यौ 

म गोली खादै 

सालिक ढाल्न कस्सिए 

तिमीले लोकतन्त्रको 

बिगुल फुक्यौ 

म नागिनको धुनमा 

नाग झैँ लट्ठ भए !!


तिमी नै मेरो आदर्श

तिमी नै भाग्य विधाता हौ 

तिमीले आगो भन्दा तातो 

सहन सिकाएका छौ 

ढुङ्गा नै खाए पनि 

पचाउन सिकाएका छौ 

कठोर पिडा र दुखमा पनि 

रमाउन सिकाएका छौ 

तिम्रा हरेक आदेशहरु 

समाउन सिकाएका छौ !!

त्यसैले त, 

मेरो भोको पेटमा 

बुट बजार्दै 

मेरो झुप्रो बस्तीमा 

डोजर चलाउछौ 

म चुपचाप सही दिन्छु 

धोकाहरुका अनगिन्ती 

चंगुल खडा गर्दिन्छौ 

म सजिलै पचाईदिन्छु 

अस्वासनका सुन्दर 

महल सजाइदिन्छौ 

कहिले बागमतिमा 

जहाज बगाईदिन्छौ 

कहिले काठामान्डौमा 

मेट्रो चढाई दिन्छौ 

कहिले म केबुलकारमा 

सगरमाथा पुग्छु 

कहिले सुरुङ्ग मार्गमा 

पूर्व पश्चिम घुम्छु !!


फेरी तिम्रो आदेश आउछ, 

चन्द्रगीरीमा कृष्ण सेनको 

आदर्शमा आगो लगाई 

पृथ्वीनारायणको 

सालिक ठडाउ,

म कृष्ण सेनलाई 

कारागारमा बन्दी बनाई 

चोकको सालिक ढाल्दा 

खाएको गोली छाम्दै 

फेरी  चन्द्रागिरीमा 

पृथ्वीनारायणको 

सालिक ठडाउछु !!


अबश्य एक दिन, 

मेरो सहनशीलताको 

बाध टुट्ने छ 

तिम्रा अस्वासनका 

चंगुलाहरुले भरिएको 

बेलुन फुट्ने छ 

तिम्रोलागी बगाएका 

थोपा थोपा रगत जोड्ने छु 

तिम्रा आदेशहरु 

तिमी माथी फर्काउदै 

साम्यवादी मार्ग कोर्ने छु !!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलको खेल तालिका सार्वजनिक पृथ्वीराजमार्ग अन्तर्गत त्रिशूलीमा खस्यो ट्रक ! मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसमःकेही भूभागमा वर्षाको सम्भावना देशभर चिसो बढ्दो, जुम्लामा तापक्रम झन्डै -४°C मा झर्‍यो राष्ट्रिय कृषि कम्पनीमा १६१ जनाभन्दा बढी कर्मचारी माग(सुचनासहित) कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन आयोगको आग्रह पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’ नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ? सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य र्‍याली दमननाथ ढुंगानाएक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्यो : अध्यक्ष दाहाल सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफल पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ? चेक बाउन्स मुद्दामा कैद सजाय सुनाइएका गुण्डा नाइके सत्यमान पक्राउ ‘पुष्पा २’ को ट्रेलर रिलिज कार्यक्रममा अल्लू अर्जुनका फ्यानमाथि लाठीचार्ज भ्रष्टाचार मुद्दामा सफाइ पाएका पूर्व मुख्यसचिव अर्यालले दिए राजीनामा ‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप