2026-10-29 07:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ

2026-10-29

काठमाडौँ | नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी राजनीतिभन्दा माथि उठेर ‘पहिले देश’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्नुपर्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि सम्बोधन गर्दै उनले कांग्रेसले अब समाज रूपान्तरणको नेतृत्व लिनुपर्ने र त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

शपथ लिँदै गर्दा पार्टीमा नयाँ ऊर्जा र तरुण भएको अनुभूति भएको बताउँदै उपसभापति शर्माले भने, ‘पेसा व्यवसाय, द्वन्द्वपीडित, प्रजातन्त्र सेनानी र नेपाली युवाहरूको प्रतिनिधित्व केन्द्रीय समितिमा भएको छ, यसले पार्टीलाई जीवन्त बनाएको छ ।’ अघिल्लो महाधिवेशनभन्दा यो महाधिवेशन सम्पन्न गर्न निकै चुनौतीपूर्ण रहेको स्मरण गर्दै उनले गौरवमय इतिहासलाई प्रेरणा मानेर पार्टीको भविष्यलाई अझ उज्ज्वल बनाउनुपर्ने बताए । ‘कांग्रेसको सुरुवात हुँदा हामीमध्ये धेरै जन्मिएकै थिएनौँ । इतिहास जति गर्विलो थियो, त्यत्तिकै भविष्यलाई पनि उज्ज्वल बनाउनु पर्नेछ,’ उनले भने ।

नेतृत्वमा निर्वाचित हुनु नै सबैथोक नभएको स्पष्ट पार्दै उनले केन्द्रीय कार्यसमिति भित्र र बाहिर रहेका सबैलाई समेटेर लैजानुपर्ने धारणा राखे । ‘हामी नै लोकप्रिय, योग्य र सक्षम हौँ भन्ने अहङ्कार पाल्नु हुँदैन, हामीभन्दा बाहिर रहेका कैयौँ साथीहरू हामीभन्दा पनि योग्य हुनुहुन्छ,’ उनले अगाडि भने, ‘केन्द्रीय कार्यसमिति बाहिर रहेका र महाधिवेशनमा सहभागी भएका सबै साथीहरू हाम्रै टिममा हुनुहुन्छ र उहाँहरूको पनि पार्टी निर्माणमा उत्तिकै जिम्मेवारी छ ।’

पार्टीको आगामी कार्यदिशा संस्थागत हुनुपर्नेमा जोड दिँदै उनले अबको दौड संस्थागत र स्वाभिमानी बन्नुपर्ने बताए । आफूहरू पार्टी सभापतिले खटाएको काम इमानदारीपूर्वक गर्ने र त्यसको रिपोर्ट केन्द्रमा बुझाउने बताए । नेतृत्वमाथि आउने आलोचना र प्रश्नहरूलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने बताउँदै शर्माले भने, ‘हामीमाथि उब्जिने प्रश्नहरूलाई सकारात्मक प्रक्रियाबाट लिएर काम गर्नुपर्छ, यसले हामीलाई थप परिपक्व बनाउँछ ।’ उनले कांग्रेसले मुलुकको समग्र समाज रूपान्तरणको नेतृत्व गर्नुपर्ने औँल्याउँदै सबैभन्दा पहिले राष्ट्र हितलाई प्राथमिकता दिनुपर्ने बताए । ‘हामीले जहिले पनि कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ र सोहीअनुसार अघि बढ्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम