2026-10-29 07:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने

2026-10-29

काठमाडौँ | नेपाली काँग्रेस गगन समूहका सभापति गगन थापाले पार्टीको आगामी चार वर्षको कार्ययोजना तयार गरी क्यालेन्डरअनुसार पार्टी सञ्चालन गर्ने बताएका छन् । नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथपछि उनले बिहीबार महाधिवेशनबाट पारित नीति तथा सङ्गठन सुधारका योजनालाई एकीकृत कार्ययोजनामा समेटेर अघि बढ्ने बताएका हुन् ।

थापाले संगठनका नीति र सुधारका कार्ययोजनालाई समेटेर एकीकृत कार्ययोजना तयार गर्ने निर्णय गर्नुपर्ने भन्दै उक्त कार्ययोजना पार्टी कार्यालयले तयार पार्ने र आगामी बैठकमा पेस गरिने बताए । उनले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई पार्टीका नेता–कार्यकर्ता र आम नागरिकसम्म पुर्‍याउनुपर्ने बताए । थापाले वडा तहका पार्टी सदस्यदेखि समर्थक र आम नागरिकसम्म पार्टीले लिएका नीति तथा कार्यक्रमबारे जानकारी गराउनुपर्ने बताए । मंसिर महिनाभरि ‘कांग्रेस तयार छ’ भन्ने विशेष अभियान सञ्चालन गर्ने थापाले घोषणा गरे । महाधिवेशनबाट पारित विषयलाई दस्तावेजीकरण गर्नुका साथै मुलुकका वर्तमान समस्या समाधान गर्न र नागरिकका आकाङ्क्षा सम्बोधन गर्न पार्टी तयार रहेको सन्देश अभियानमार्फत नागरिकसमक्ष पुर्‍याइने उनले बताए।

थापाले भने, ‘अब समीक्षा र आत्मालोचनाको चरण सकियो, अब अगाडि बढ्ने हो। कांग्रेसले अब जिम्मेवारी वहन गर्दै अघि बढ्नुपर्नेछ। प्रतिपक्ष, स्थानीय सरकार र राष्ट्रिय शक्तिका रूपमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका पूरा गर्न तयार छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम