2026-10-30 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना

2026-10-30

काठमाडौँ | नेपाल मौसम विज्ञान विभागका अनुसार चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि शनिबार अपराह्नपछि क्रमिक रूपमा कम हुँदै जानेछ। हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। विभागका मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो, “शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रूपमा कम हुँदै जाने भए तापनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला।”

भारतमा शक्तिशाली चक्रवातका रूपमा रहेको ‘अर्नब’ बलियो न्यूनचापीय प्रणालीका रूपमा विकसित भए तापनि नेपाल प्रवेश गर्दा कमजोर बनेको छ। यसले गर्दा नेपालमा हुने वर्षा, हिमपात तथा हावाहुरीको समग्र असर सामान्य मात्र रहेको विभागको भनाइ छ। मौसमविद् ढकालका अनुसार आज दिउँसो र रातिको समयमा भने देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना कायम नै रहेको छ। उनले भने, “आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका अधिकांश स्थानमा बदली रहनेछ। ती प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।”

विभागका अनुसार आज राति पनि देशका अधिकांश स्थानमा मौसम बदली रहनेछ। सो अवधिमा देशका विभिन्न भागमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने केही स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। यसैबीच, विभागको तथ्यांकअनुसार पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा मापन भएको छ। यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा दर्ता भएको छ। त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने