
काठमाडौँ | नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोगमा जाने तयारी गरेको छ । हिजो पदाधिकारी र केन्द्रीय सदस्यको शपथलगत्तै कांग्रेसले कार्यसमिति अद्यावधिक गर्न जान लागेको हो । निर्वाचन आयोगमा जानेबारे आवश्यक तयारी भइरहेको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।
महाधिवेशनबाट कांग्रेसमा २० पदाधिकारीसहित २३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका छन्। उनीहरूले हिजोदेखि जिम्मेवारी सम्हालिसकेका छन् । त्यसो त पूर्वसभापति शेरबहादुर देउवा समूहले गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै यसअघि नै मंसिरमा पार्टीको १५ औँ महाधिवेशन हुन लागेको भन्दै जानकारी गराएको थियो ।