२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलेली जनतालाइ प्रधानमन्त्री देउबाले के के भने ? (फोटोफिचर)

१ मंसिर २०७४, शुक्रबार १५:४९

लोकेन्द्र प्रशाद जोशी | मङ्सिर १, दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले काग्रेशले जितेमा मात्रै देश र जनताले लामो सङघर्षपछि प्राप्त गरेको लोकतन्त्रको रक्षा हुने बताउँनुभएको छ । बामपन्थी दलहरु लोकतन्त्र सिद्धाएर देशमा लेलिन र माओबाद सहितको कम्युनिष्ट शासन लागु गर्न लागेको देउवाको आरोप रहेको छ ।

नेपाली काग्रेश दार्चुलाले जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको चुनाबि आमसभालाइ सम्बोधन गर्न यहाँ पुगेका काग्रेश सभापति समेत रहेका प्रधानमन्त्री देउवाले देश र जनतालाइ डरत्रास मुक्त बनाउन र सार्बभौमिकताको रक्षाकालागी काग्रेशलाइ जिताउँन आग्रह गर्नुभयो ।


बिश्वमा कहि सफल नभएको कम्युनिष्ट शासन नेपालमा लागु गर्न खोजिएको भन्दै देउवाले जनताले लोकतन्त्रको पक्षधर काग्रेशलाइ बिस्वास गर्ने बिस्वस ब्यक्त गर्नुभयो ।

बिगतदेखी नै दार्चुलाको समग्र बिकास काग्रेशले मात्रै गरेको जिकिर गर्दै देउवाले बिकास र समृद्धिकालागी काग्रेश उम्मेदबारहरुलाइ बिजयि गराउन आह्वान गर्नुभयो ।

आफ्नो भारत ग्रमणको बेला महाकाली नदीमा नेपाल भारत पक्कीपुल बनाउने आस्वासन पाएकाले निर्बाचनपछि नेपाल भारत जोड्ने दुइओटा मोटरेवल पुल निमार्ण हुने आस्वासन दिनुभयो ।

लापरबाहि र ढिलासुस्तीका कारण तिब्रता पाउन नसकेको राष्ट्रिय महत्तको महाकाली करिडोर केहि बर्षमै कन्चनपुरको ब्रह्मदेब देखी दार्चुलाको तिकंरसम्म निमार्ण सम्पन्न गर्न पहल गर्ने उद्घोष गर्नुभयो ।


दार्चुला जिल्लाका दुर्गम स्थानिय तहहरु पिछडिएको सुचिमा नपरेको भन्दै सर्बत्र आलोचना भइरहेकोबेला निर्बाचनको मुखमा दार्चुला पुगेर प्रधानमन्त्री देउवाले निर्बाचनपछि सुचिकृत गर्ने बचनबद्धता ब्यक्त गर्नुभएको छ ।

आफु प्रदेश नम्बर ७ कै स्थानिय भएकोले यहाको समग्र बिकासकालागी आफुलेमात्रै भुमिका खेल्ने उहाको तर्क रहेको छ । साथै काग्रेशले जितेमा आफु प्रधानमन्त्री बनेर दार्चुलाका प्रतिनिधिहरुलाइ मन्त्री बनाउँने आस्वासन देउवाले दार्चुलेली जनतासामु बाड्नुभएको छ । नेपाली काग्रेशका पार्टी सभापति एब. प्रधानमन्त्री देउवाले शुक्रबार नै दार्चुलाको लटिनाथ मार्मा र बैतडिका चुनाबि आमसभाहरुलाइ समेत सम्बोधन गर्नुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य